ओलीसँग वामदेवको प्रस्ताव– ुएकताको जिम्मा दिनुस्, दुवैलाई चित्त बुझ्ने गरी पार्टी मिलाउँछुु

नेकपा एमालेको कुनै गुटमा नलागी पार्टी एकता दबाब अभियान सञ्चालन गर्दै आएका उपाध्यक्ष वामदेव गौतमले आफू एमाले बैठकमा आएको र अब नफर्किने बताएका छन् ।

उनले पार्टी एकताको जिम्मा दिएमा दुवै नेतालाई मिलाउने दाबी समेत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई शुक्रवार सम्बोधन गर्दै उपाध्यक्ष गौतमले पार्टी एकताको जिम्मा आफूलाई दिन प्रस्ताव गरेका हुन् ।

‘पार्टी एकताको जिम्मा मलाई दिनुस्, तपाईं र माधव नेपाललाई समेत मान्य हुनेगरी पार्टी एकता गर्छु, पार्टीलाई फेरि पुरानै अवस्थामै फर्काउँछु,’ गौतमले भने, ‘आजको भोलि नै त भन्दिनँ, केही दिनमा दुवैलाई मिल्नेगरी पार्टी एकता गर्छु ।’

प्रधानमन्त्री एवं अध्यक्ष ओलीको एक प्रश्नको जवाफमा गौतमले आफू फेरि नफर्किने बताए ।

‘म बैठकमा आएको छु, पार्टी एकता जोगाउन लाग्छु, कतै फर्किँदिनँ,’ गौतमले भने ।

उनले प्रचण्डलाई ल्याउन नसकेपनि माधव नेपाललाई पार्टीमा ल्याएर चुनावको वातावरण बनाउनु पर्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्