गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिला गल्छीबाट पक्राउ

धादिङ,२० असार। 
दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिला पक्राउ परेकी छिन् । जिल्ला वन कार्यालयबाट खटिएको टोलीले धादिङको गल्छी गाउँपालिका ६ बैरेनीमा प्रतिबन्धित दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने लमजुङकी ४० वर्षीया महिला कल्पना शाखीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी शाखीलाई वन कार्यालयको टोलीले अवैध वन्यजन्तुको शिकार गरेको मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको प्रहरीले जनाएको छ ।प्रतिकात्मक तस्बिर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्