एकद्धारा प्रणालीबाट राहत सामाग्री वितरण गर्न धादिङ प्रशासनको आग्रह

धादिङ,२० असार ।
जिल्ला प्रशासन कार्यालय धादिङले विपद् प्रभावित व्यक्ति तथा समुदायहरुलाई एकद्धारा प्रणालीबाट सहयोग गर्न आग्रह गरेको छ । आईतबार प्रशासनले एक सूचना जारी गर्दै सहयोगीहरुलाई एकद्वार प्रणाली अवलम्बन गर्न अनुरोध गरेको हो ।

जिल्लामा मनसुनजन्य विपद्का घटनाहरु घटिरहेको सन्दर्भमा विपद् प्रभावित व्यक्ति तथा समुदायलाई राहत सामाग्री वितरण कार्य एकद्धार प्रणाली मार्फत समन्वयात्मक रुपमा गर्दा बढी प्रभावकारी हुने सूचनामा उल्लेख गरिएको छ । विपद् तथा अन्य संकटको समयमा यस्ता राहत सामाग्रीहरु वितरण गर्दा अनिवार्य रुपमा स्थानिय प्रशासन तथा सम्बन्धित स्थानिय तहसँगको समन्वयमा मात्र गर्न र आफुखुशी वितरण नगर्न सरोकारवाला सबैलाई प्रशासनले आग्रह गरेको छ ।

मंगलबारदेखि परेको अबिरल वर्षाले जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो जाँदा भौतिक नोक्सानी मात्रै नभई जनधनको समेत क्षती पुर्याएको छ। बेनिघाट रोराङको जवाङखोलामा पहिरो खसी ट्रकहरु पुरिँदा २ जनाको मृत्यु र ६ जना घाइते भएका छन् । त्रिशुलीमा माछा मार्न गएका बेनिघाट रोराङ गाउँपालिका विशालटारका २० वर्षीय लक्ष्मण विसुराल बेपत्ता भएका छन् ।

पहिरोले ज्वालामुखी गाउँपालिका ६, ओखरे धन्सार लडी धन्सारभित्र रहेका एक भैँसीसहित केही बाख्रा र कुखुरा पुरिएको,महेश खोलामा आएको बाढीले थाक्रेमा निर्माण सम्पन्न हुन लागेको पक्की पूल भत्काएको,मलेखु खोलामा आएको बाढीले जरेफाँटमा पार्किङमा राखेको एक टिपर बगाएको छ ।

त्यस्तै ताल्तीमा निर्माणाधीन ह्वासीन सिमेन्ट उद्योगमा क्षति पुर्याएको,खोला किनारमा रहेको एक होटल बगाएको र पहिरोले बेनिघाट रोराङ वडा नम्बर ७ मा सात घरमा क्षती पु¥याएको धादिङ प्रशासनले जनाएको छ ।

May be an image of text

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्