पेरूमाथि जित निकाल्दै ब्राजिल फाइनलमा

एजेसी असार २२ । पेरु विरुद्ध १ गोल गर्दै ब्राजिल कोपा अमेरिका २०२१ को फाइनल प्रवेस गरेको छ ।

३५ औं मिनेटमा नेयमारले पेरुको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्र रहेका पाक्वेटालाई पास दिएपछि लियोनका मिडफिल्डरले शक्तिशाली प्रहार गर्दै ब्राजिललाई फाईनल पुर्याउन उक्त १ गोल गरेका थिए ।

दोस्रो हाफमा पेरुले सुधारिएको प्रदर्शन गरेपनि अवसर सदुपयोग गर्न नसक्दा बराबरी गोल फर्काउन सकेन । ब्राजिलले भने अग्रता जोगाउनका लागि अधिकांश समय बल पकडमा राख्दै पेरुलाई खेलमा जम्न नदिने प्रयास गरेको थियो ।

ब्राजिलले अब फाइनलमा अर्जेन्टिना र कोलोम्बियाको विजेतासँग खेल्नेछ । पेरुले भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्