धादिङको त्रिपुरासुन्दरीले मेलम्ची बाढीपीडितलाई २ लाख सहयोग

धादिङ,२२असार ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले सिन्धुपाल्चोकको मेलम्चीका बाढी पिडितलाई रु २ लाख सहयोग गरेको छ । असार ५ गते गाउँ कार्यपालिकाको बैठकले मेलम्चीका बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्धारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

सोमबार गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै अविरल वर्षा पछि असार १ गते आएको बाढीका कारण मेलम्चीमा ठुलो जनधनको क्षति भएकोले त्यस नगरपालिकाको मेलम्ची बाढीपीडित राहत तथा पुनस्थापना कोष नाममा रहेको खातामा रु २ लाख उपलब्ध गराउने निर्णय भए बमोजिम उक्त रकम खातामा पठाइएको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्