बाढी पीडित हेलम्बुबासीलाई राजेश हमालको सहयोग

काठमाडौं, २३ असार । केही दिन अगाडी सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले धेरै परिवारको सपना बगाएको छ । बाढीले कयौको बसोबास गर्ने घर समेत बगाएको छ । बाढी पीडितको सहयोगको लागि नेपाली चलचित्र क्षेत्रका कलाकारहरु जुटिरेहका छन् ।

यस अघि नायिकाहरु श्वेता खड्का, आँचल शर्मा, पुजा शर्माले मेलम्चीमै पुगेर खाद्यान्न लगायतका अन्य सामाग्री वितरण गरेका छन् ।
सिन्धु सहयोग कोषमार्फत पनि केही कलाकारहरुले राहत वितरण गरिसकेका छन् । यसैक्रममा पछिल्लो समयमा महानायक राजेश हमालले पनि सहयोगको हात अगाडी बढाएका छन् । हमाल सिम्रिक एयरको हेलिकप्टरमार्फत हेलम्बु र पाँचपोखरीका बाढी प्रभावितको लागि सामाग्री सहित पुगेका हुन् ।हेल्प अर्गनाइजेसन र बिआइए संस्थाको सहकार्यमा बाढी पीडितलाई सोलार, स्वास्थ्य सामाग्री र नगद पनि वितरण गरेका हुन् । महानायक आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत राहत वितरणको तस्वीर राखेर हेल्प अर्गनाइजेसन र बिआइए लाई धन्यवाद दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्