पहिरोले बिहानैदेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

अविरल वर्षापछि खसेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरूद्ध छ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिरो हटाउने काम सुरू गरिएको छ।

सेतीदोभानमा पहिरो खसेको छ। उक्त पहिरो हटाउन आज बिहान ६ बजेदेखि दुइटा जेसिबी प्रयोग गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले बताए।

एक सातादेखि यो सडकखण्डमा पहिरो खस्ने क्रम बढेको छ। पहिरोका कारण यात्रुले दुस्ख पाएका छन्। ढुंगासहित खसेको पहिरोले सवारी साधनमा क्षतिसमेत पुर्‍याउने गरेको छ।प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै आएको छ। सेतीदोभानमा पहिरो खसेपछि दुबैतर्फ सडक अवरूद्ध छ भने खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

पृथ्वी राजमार्ग पनि अवरूद्ध

पृथ्वी राजमार्गको तनहुँ खण्ड पनि अवरुद्ध भएको छ।म्याग्दे गाउँपालिका वडा नम्बर ४ मा बाढीको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए।-सेतोपाटी

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्