नीलकण्ठ नगरपालिका देशभरकै दोस्रो बन्न सफल:यस्ता छन् चालु बर्षमा नगरपालिकाले गरेको १५ उपलब्धी

धादिङ,२५ असार।
धादिङको नीलकण्ठ नगरपालिका देशभरीबाटै दोस्रो बन्न सफल भएको छ । स्थानीयतहको संस्थागत क्षमता स्वमुल्यांकनमा देशभरीबाटै दोस्रो र बागमती प्रदेशबाट प्रथम बन्न सफल भएको हो। 

विक्रम सम्वत २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार नीलकण्ठ, सांकोष, सुनौलाबजार र मुरलीभञ्ज्याङ गा.वि.स.लाई समेटेर स्थापना भएको नीलकण्ठ नगरपालिकामा देशको पुनसंरचना संगै २०७३ सालमा साबिकको ज्यमरुंग, खाल्टे र धुवाकोट गाबिस समेत समाबेश गरिएको थियोे। नगरपालिका गठन भएसँगै छोटो समयमा नीलकण्ठ नगरपालिकाले ठुला ठुला उपलब्धीहरु हातपार्न सफल भएको छ। 

स्थानीय तहको संस्थागत क्षमता स्वमुल्यांकनको १०० पुर्णाङंको सूचकमा ९३.५ अंक ल्याउदै नीलकण्ठ बागमती प्रदेशको उत्कृष्ट नगरपालिका बनेको हो। यसअघि २०७६/७७ मा पनि नीलकण्ठ नगरपालिका १०० पुर्णाङंको सूचकमा ८७ अंक ल्याउँदै देशभरमा प्रथम भएको थियो । 

आर्थिक वर्ष २०७७/०७८ मा भएको काम कारबाहीको आधारमा स्थानीय, पर्यटन लगायतका मन्त्रालयका सह–सचिव सहित विज्ञ टोलीले गरेको मुल्यांकनको आधारमा २ सय ९३ नगरपालिका मध्ये दोस्रो र बागमती प्रदेशका ११९ स्थानीय तह मध्ये नीलकण्ठ नगरपालिका प्रथम भएको हो।

नगरपालिका संघको महासचिव समेत रहनु भएको मेयर ढुंगाना लामो सयमदेखी विकास निर्माणको काम सँगै अनुभवी र सक्षम राजनीतिज्ञको रुपमा आफुलाई स्थापित गराईसक्नु भएको छ। विहिबार पत्रकार सम्मेलन गरेर मेयर ढुंगानाले आर्थिक बर्ष २०७७/०७८ सालमा भएका मुख्य उपलब्धीहरु सार्वजनिक गर्नुभएको थियो।

आर्थिक बर्ष २०७७/०७८ मा नीलकण्ठ नगरपालिकाले गरेको मुख्य उपलब्धीहरु :

१.९५ किलोमिटर रिंग रोडको ट्रयाक खोलि स्तरोन्नती जारी।

२.थोपल खोला किनारमा कोरिडोर निमार्ण।

३.धादिङ अस्पतालबाट संचालित अस्थायी कोभिड अस्पतालमा अक्सिजन जेनेरेसन प्लान्ट स्थापना गरि नागरिक जीवन रक्षामा महत्वपुर्ण योगदान।

४.धादिङबेशीबजारको खानेपानी सुधारका लागि सह वित्तीय लगानीमा करिब ५३ करोडको परियोजना अगाडी बढेको छ।

५.नीलकण्ठ नगरपालिकाद्धारा आवश्यक पर्दा निशुल्क राहत उपलब्ध गराईएको छ।

६.नगर क्षेत्रका विद्यालय भवन ९५ प्रतिशत पक्कि भवनका साथ सम्पन्न ।

७.फोहोर मैला व्यवस्थापन प्रभावकारी रुपले गरिएको छ ।

८.पशु विमामा ८५ प्रतिशत अनुदानको व्यवस्था गरीएको छ ।

९.विपन्न नागरिकलाई रु १०,००० (दशहजार)काज किरिया खर्च उपलब्ध गराउन थालिएको छ ।

१०.सिर्जनात्मक खोज र विकास पत्रकारिताको प्रबद्र्धनका लागि नीलकण्ठ विकास पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । 

११.जापानको युशुहारा शहरसँग सम्बन्ध स्थापित गरिएको छ ।

१२.भैरवीमन्दिर पुनःनिर्माण कार्य र भ्यु–टावरको निर्माणको लागि पर्यटन विकासमा योगदान पुगेको छ। 

१३.नगरपालिबाट संचालित योजनालाई गुणस्तरीय बनाउन अधिकतम प्रयास गरीएको छ। 

१४.१३ वटा वडा कार्यालय भवन निर्माण भई सकेका छन्,१३ वटा वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिईरहेको अवस्था छ । 

१५.नगर कार्यापालिकाको कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालयलाई सुचना प्रविधि मैत्री बनाउने कार्य जारि छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्