त्रिशुली अस्पतालमा पनि भेटियो कोरोनाको ‘डेल्टा प्लस’ भेरिएन्ट

धादिङ। 
नुवाकोटको त्रिशुली अस्पतालमा कोरोनाको ‘डेल्टा प्लस’ भेरिएन्ट भेटिएको त्रिशुली अस्पतालले जानकारी दिएको छ। शुक्रबार अस्पतालले एक पे्रस बिज्ञप्ती जारी गर्दै त्रिशुली अस्पताल पीसीआर प्रयोगशालामा पोजेटिभ देखिएका ४ वटा स्वाबका नमुनाहरु राष्ट्रिय प्रयोगशाला काठमाडौं मार्फत अन्तराष्ट्रिय प्रयोगशालामा gene sequencine गर्न पठाईएकोमा ३ वटा स्वाबका नमुनाहरु ‘डेल्टा’ (B.617.2) र बाँकी १ वटामा ‘डेल्टा प्लस’(B.167.2)+ K417N पुष्टि भएको जनाएको छ ।

यसअघि नेपालमा भेटिएका अल्फा भेरिएन्ट र डेल्टा भेरिएन्ट भन्दा ‘डेल्टा प्लस’ भेरिएन्ट ६० देखि १०० प्रतिशत भन्दा बढी संक्रामक हुने बिभिन्न अनुसन्धानले पुष्टि गरेको पे्रस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो भेरिएन्ट भारतमा समेत पाइएको छ । यसमा कोरोना भाइरसको पुरानो भेरिएन्टमा अलि परिवर्तन भएको र डेल्टा भेरिएन्ट नै विकसित भएर डेल्टा प्लस भेरिएन्ट बनेको बिज्ञहरुले बताएका छन् । यो भेरिएन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनबाट देखिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्