बालकोट पुगेर ओलीले भने-माधव नेपाललाई एमालेमा ठाउँ छैन

  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई एमालेमा ठाउँ नभएको बताएका छन्।आज सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि निर्वतमान प्रधानमन्त्री ओलीले गल्ती, कमीकमजोरी सच्याएर आउनेलाई पार्टीमा काम गर्ने मौका दिए पनि माधव नेपाललाई स्वीकार गर्न भने नसकिने बताए।

‘आफ्नो पार्टीको सरकार ढाल्ने माधव नेपालजस्ता लाजशरम् हराएका मानिसहरू,’ नेपालप्रति टिप्पणी गर्दै ओलीले भने, ‘पछिपछि लाग्ने उहाँहरूले कमीकमजोरी महसुस गरेर पार्टीमा आए काम गर्न मौका दिन्छौं। तर माधव नेपालको हकमा गल्ती कमीकमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन।’नेता नेपालकै कारण आफू नेतृत्वको सरकार ढलेको पनि उनको भनाइ थियो। विकासप्रेमी सरकार ढाल्ने अगुवाइ नेता नेपालले गरेको उनको भनाइ छ।

साथै प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रममा नेता नेपाल उपस्थित भएकोमा ओलीले आलोचना गरेका छन्। ‘देउवाको सपथ ग्रहणमा जाने, देउवा हात मिलाउन मानिराख्या छैनन् तैपनि हात मिलाएर बधाई दिने,’ नेपालप्रति लक्षित गर्दै ओलीले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्