धादिङ अपडेट:६४ जनामा कोरोना पुष्टि,१८ जना कोरोना मुक्त

धादिङ,३० असार ।
धादिङका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ् अनुसार आज त्रिपुरासुन्दरीमा २५, धादिङ अस्पतालमा १२, ज्वालामुखीमा ८, धुनिबेशीमा ६, गल्छीमा ५, बेनिघाटमा ४, थाक्रेमा ३ जना र गंगाजमुनामा १ जना गरी जिल्लाका ६४ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

मंगलबार मात्रै धादिङमा ४९ संक्रमित थपिएका थिए । यो सँगै जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या ७ हजार ५५३ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। यसैगगरी आज थप १८ जना डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ६ हजार ८२६ पुगेको छ भने सक्रिय केश ५८६ रहेको छ । 

संक्रमित मध्ये जिल्लाभित्र अस्पताल आइसोलेसनमा ६, संस्थागत आइसोलेसनमा १७ र होम आइसोलेसनमा ५६३ जना रहेका छन् । संक्रमणका कारण जिल्लामा ७७ जनाको मृत्यु भएको छ ।

आज गजुरीमा १५ स्वाब संकलन भएको छ भने जिल्लाभर १८३ एन्टिजेन परिक्षण मध्ये ६४ जनाको पोजिटिभ भएको छ ।हाल जिल्लाका १५ जनाको पीसिआर नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्