वाग्मती प्रदेशमा दुई वर्षको अवधिमा २०६ किलोमिटर नयाँ सडक निर्माण

धादिङ,१६ साउन । 
वाग्मती प्रदेश सरकारले दुई वर्षको अवधिमा सडक नपुगेका गाउँमा २ सय ६ किलोमिटर नयाँ सडक ट्र्याक खोलेको छ । गाउँका नागरिकलाई सडकको पुँहुचसम्म पुर्याउनका लागि भनेर दुई वर्षको अवधिमा २ सय ६ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ।

निर्देशनालय मातहतका कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ६६ किलोमिटर,आर्थिक वर्ष २०७६/०७७ मा एक सय ३९ दशमलब ४९ किलोमिटर नयाँ सडक ट्«याक खोलिएको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका सूचना अधिकारी हरिप्रसाद ओझाले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/०७८ मा एक सय ४९ दशमलब २२ किलोमिटर सडकको मर्मत तथा आर्थिक वर्ष २०७६/०७७ मा एक सय ११ दशमलब ४८ किलोमिटर सडकको मर्मत गरिएको निर्देशनालयले जनाएको छ। यस्तै प्रदेशका विभिन्न जिल्लामा भत्किएका ५०४ किलोमिटर सडकको मर्मत गरिएको उहाँले बताउनुभयो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्