होमआइसोलेसनमा बस्दा पालना गनुपर्ने दैनिकीहरु !

कोरोना संक्रमणको दर पुनः बढ्न थालेको छ। निषेधाज्ञापछि बढेको मानिसको चहलपहल अनि भिडभाड र जनस्वास्थ्यका मापदण्ड पालना नहुँदा कोरोना पुनः बढ्न थालेको विज्ञहरु बताउँछन्। 

हाल पनि धेरैजसो संक्रमित होम आइसोलेसनमै बसेका छन्। चिकित्सकहरुले नै अवस्था सामान्य भएका संक्रमितहरुलाई होम आइसोलेसनमा बस्न सुझाव दिने गरेका छन्।

संक्रमितहरुले घरमै बस्पदा पनि विभिन्न उपायहरु अवलम्बन गर्न सके अस्पतालसम्म पुग्नु पर्दैन। होम आइसोलेसनमा बस्दा पालना गनुपर्ने दैनिकीहरु विभिन्न छन्, जसलाई यहाँ प्रस्तुत गरिएको छः

१. बिहान सबेरै उठ्ने

सूर्योदय भन्दा अगाडी बिहान उठ्नुपर्छ। यसले शरीरलाई सक्रिय बनाउन मद्दत गर्दछ

२. कुल्ला गर्ने

तातो पानी वा मनतातो नुन पानीले दिनको ४–५ पटकसम्म कुल्ला गर्नुपर्छ। तातो पानीमा बेसार, त्रिफला, यष्टिमधु आदि राखेर पनि कुल्ला गर्न सकिन्छ। 

 ३. शौच एवं व्यक्तिगत सरसफाईमा ध्यान दिने

व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्छ। कोभिड भएको बेला नुहाउँदा मनतातो पानी प्रयोग गर्ने। 

 ४. वाफ लिने
वाफ लिनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। दिनको २÷३ पटक वाफ लिनुपर्छ।

५. योगाभ्यास तथा प्रणायाम गर्ने

कोभिडको बेला विभिन्न योगाभ्यास तथा प्रणायाम गर्ने गनुपर्छ। यसले पाचन प्रक्रियामा सुधार ल्याउनुका साथै तनाव व्यवस्थापनमा सहयोग गर्छ। शरीरलाई फुर्तिलो बनाउँछ। 

६. बिहानको घाम ताप्ने 

३० मिनेटदेखि १ घण्टासम्म बिहानको घाम ताप्ने

७. जडिबुटी उमालेको चिया मात्रा अनुसार सेवन गर्ने

शुठो, मरिच, पिप्ला २ ग्राम र तुलसीको पात ५ वटा १ लिटर पानीमा पकाएर आधा लिटर भएपछि सेवन गर्ने। अन्य जडिबुटी चिया स्वास्थ्यकर्मीको परामर्श लिएर प्रयोग गर्न सकिन्छ। 

८. हलुका र पोषणयुक्त स्वास्थ्यकर खाना खाने

तेजपात २ ग्राम, दालचिनी १ ग्राम उमालेको पानी वा धनिया (दाना) उमालेको पानी वा मनतातो पानी दिनमा ४÷५ पटक आवश्यकता अनुसार पिउने। दिउसो सुत्नु हुँदैन। सकारात्मक सन्देश दिने पुस्तक पढ्ने, गीत÷संगीत सुन्ने, तनाव नलिने, रिस नगर्ने, भय नलिने, इष्र्या नगर्ने तथा उच्च मनोबल राख्ने।

९. साँझ योग, प्राणायाम एवं ध्यान गर्ने

साँझको समयमा योग, प्रणायाम एवं ध्यान गर्न सकिन्छ। ध्यानले पनि स्वास्थ्यलाई विभिन्न फाइदा पु¥याउँछ। 

१०. पर्याप्त सुत्ने

साँझ/राती छिट्टै खाना खानुपर्छ। रातीको खाना सधै हलुका साने। खाना खाएको २ घण्टापछि मात्र सुत्ने ७ देखि ८ घण्टा सुत्नुपर्छ। योसँगै धुम्रपान, मद्यपान तथा सुर्तिजन्य पदार्थको सेवन गनुहुँदैन। भ्रामक प्रचार प्रसारको भरमा अनावश्यक औषधि एवं जटिबुटीहरुको सेवन गर्नु हुँदैन। 

स्रोत :आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग,स्वास्थ्यखवरबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्