धादिङमा ट्राफिक कारबाहीबाट ३ करोड २७ लाखबढि राजश्व संकलन

धादिङ,१८ साउन।
धादिङमा ट्राफिक कारबाहीबाट गत आर्थिक वर्षमा ३ करोड २७ लाख  रुपैयाँभन्दा बढि राजश्व संकलन भएको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा ट्राफिक नियम उल्लंघन गर्ने ३९ हजार २ सय ५८ सवारी साधनको कारबाहीबाट ३ करोड २७ लाख ३८ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । 

विना लाइसेन्स सवारीसाधन चलाउने, आवश्यक कागज पत्र नभएको, ओभरटेक गर्ने, ओभर लोड सामान लोड गर्ने सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।सबैभन्दा बढि कार्वाहीमा पर्नेमा ट्रक, ट्रिफर र मोटरसाइकल रहेका छन् ।

अघिल्लो वर्षभन्दा गत आर्थिक वर्षमा बढी राजश्व संकलन भएको हो। आर्थिक बर्ष २०७६/७७ मा १ करोड ५७ लाख ६० हजार ५० रुपैयाँ राजस्व संकलन भएको थियो भने २७ हजार २७६ सवारी साधन कारबाहीमा परेका थिए। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्