धादिङको गंगाजमुना गाउँपालिकामा दुई गर्भवतीको हेलिकप्टरबाट उद्धार

धादिङ,१९ साउन । 
धादिङको गंगाजमुना गाउँपालिकाकी दुईजना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।मंगलबार गंगाजमुना गाउँपालिका–२ का २९ वर्षिया जोकर सिरि तामाङ र ३० वर्षिया समिक्षा तामाङलाई सुरक्षित प्रशुतीका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत  सेनाको हेलिकप्टर मार्फत हवाइ उद्धार गरि काठमाडौं पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनुभयो ।

बिगत २ दिनदेखि प्रशव व्यथाका कारण प्रशुती हुन नसकेपछी जोकर सिरि र समिक्षालाई थप उपचार गर्नुपर्ने भएकाले काठमाडौँ पठाईएको अधिकारीले बताउनुभयो ।सुरक्षित प्रशुती गराउन कठिनाई भएका गाउँपालिका भित्रका गर्भवतीहरुलाई निशुल्क हेलिकप्टरबाट उद्धार गर्दै आएको गंगाजुमना गाउँपालिकाले यसअघि ४ जना गर्भवतीलाई उद्धार गरिएको अधिकारीले बताउनुभयो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्