दार्चुला घटनामा वर्तमान सरकार भारतसामु निरिह देखियो:सांसद त्रिपाठी

काठमाडौं,१९ साउन ।
प्रतिनिधिसभा सदस्य भूमिप्रसाद त्रिपाठीले दार्चुला घटनामा नेपाल सरकार भारतसामू निरिह देखिएको आरोप लगाउनुभएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै त्रिपाठीले भारतसामू निरिह हुनुले परमादेशबाट बनेको वर्तमान सरकार जनताका लागि नभई अरु कसैका लागि कम्फरटेवल देखिएको बताउनुभयो।

उहाँले दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिएर नेपाली नागरिकलाई महाकालीमा बेपत्ता बनाउँदा पनि सरकारले यसघटनामा छानवीन तथा दोषीलाई कारबाहीका लागि प्रभावकारी बन्न नसकेको बताउनुभयो। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्