विश्व स्तनपान सप्ताह:धादिङबेशीमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

धादिङ,२० साउन।
विश्व स्तनपान सप्ताह २०२१ को अवसरमा धादिङबेसीमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नारासहित साउन १७ गतेदेखि सुरु भएको २९ औँ विश्व स्तनपान सप्ताहको चौथो दिन बुधबार स्वास्थ्य कार्यालय धादिङको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा स्तनपान सप्ताहको उद्धेश्य,महत्व तथा सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी गराउनुका  साथै स्तनपानको विशेषता, अवस्था र सञ्चारमाध्यमको भुमीकाको बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा प्रजनन स्वास्थ्य कार्यक्रमका फोकल पर्सन अम्बिका पाण्डेले आमा र बच्चाको स्वास्थ्यका लागि स्तनपानको महत्वको बारेमा समुदायमा सुसुचित गर्ने कार्यक्रमको उद्धेश्य रहेको भन्दै आमाको पहिलो दुध बाक्लो र पहेलो हुन्छ, जसमा बच्चालाई रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता प्रदान गर्न र मस्तिष्क विकास गर्न मद्दत गर्ने बताउनुभएको थियो ।उहाँले हरेक सेवा प्रदायक कार्यालयहरुमा स्तनपान कक्ष स्थापना गर्नु पर्ने बताउनुभयो।

नेपालमा सन् २०१६ सालको स्तनपानको तथ्याङक अनुसार १ घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको छ । त्यस्तै सन् २०१९ मा गरिएको सर्बे अनुसार २२ प्रतिशत रहेकोमा धादिङ जिल्लामा १ घन्टाभित्र स्तनपान गराउनेको संख्या निकै कम छ ।तर जिल्लामा स्तनपान गराउनेको संख्या भए पनि रेकर्ड नभएका कारण तथ्याङ्कमा कमि आएको फोकल पर्सन पाण्डेको भनाई छ । नेपालमा १९९२ देखि हरेक बर्षको अगष्ट १ देखि ७ सम्म मनाइदै आएको स्तनपान दिवसलाई सप्ताहव्यापी रुपमा मनाउने सरकारको निर्णय अनुरुप धादिङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्