धादिङमा निषेधाज्ञा साउन ३२ गते सम्मलाई थप

धादिङ,२० साउन।
धादिङमा निषेधाज्ञाको समयावधि पुनःथपिएको छ।जिल्ला कोभिड व्यवस्थापन समितिको बुधबार बसेको बैठकले कोभिड–१९ कोसङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि यही साउन ३२ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आजराति सकिदै छ।जिल्लामा  गत बैशाख २१ बाट सुरु भएको निषेधाज्ञा यो सँगै दशौँ पटक थपिएको हो। निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन नभएको र यसअघिका निर्णहरुलाईनै निरन्तरता दिएको प्रशासनले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्