बैदेशिक रोजगार छात्रबृत्ति(शैक्षिक सत्र २०७८)का लागि निवेदनदिने बारे अत्यन्त जरुरी सूचना !

धादिङ,२२ साउन । 
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधि भित्र मृत्यु भएका वा पुर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारका वालबालिकाहरुलाई वैदेशिक रोजगार छात्रबृत्तिका लागि आफु अध्ययनरत शैक्षिक संस्थामा बैदेशिक रोजगार छात्रबृत्ति सन्चालन कार्यविधि, २०७१ को अनुसुची (१) बमोजिमको ढाँचामा २०७७ साल असोज मसान्त भित्र निवेदन दिन सम्बन्धित सबै सरोकारवालाको जानकारीका लागि यो सूचना प्रकाशित गरीएको छ । 

विद्यार्थीले निवेदन पेश गर्ने निकाय :

आफु अध्ययनरत शैक्षिक संस्थामा अनुसुची १ बमोजिम ढाँचामा 
छात्राबृत्तिका लागि निवेदन दिने आधारहरु 

– श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभंग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट शतप्रतिशत आर्थिक सहायता लिएका कामदारको छोरा छोरी हुनुपर्ने छ । 

–  सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालय स्तर(पुर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरह देखी कक्षा १२ सम्म) का १८ बर्ष मुनिका बालबालिकाहरुले मात्र निवेदन दिन सक्नेछन् । 

–  मिति २०७७ श्रावण मसान्त सम्म उपरोक्त अनुसारको आर्थिक सहायता प्राप्त गर्ने कामदारका बालवालिकाहरुलाई मात्र शैक्षिक सत्र २०७८ को छात्रबृत्ति उपलब्ध गराईनेछ ।

निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरु(हाल सम्म छात्रबृत्ति प्राप्त नगरेकाहरुका लागि)

–  कामदारको श्रम स्वीकृतिको निस्सा(स्टिकर) को प्रतिलिपि ।

–   निवेदनको संरक्षकको नागरिकताको प्रतिलिपि ।

–    बैदेशिक रोजगारमा गई सोही क्रममा मृत्यु भएका कामदारको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि । 

–    वोर्डबाट आर्थिक सहायता प्राप्त गरेको प्रमाणित हुने कामदारको राहदानीको प्रतिलिपि र राहदानी न.।

–   बैदेशिक रोजगारमागई सोही क्रममा अशक्त भएका कामदारको पुर्ण रुपमा अशक्त भएको खुल्ने प्रमाण कागज ।

–   विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि । 

–    निवेदन, संरक्षक र कामदार बिचको नाता प्रमाणको प्रतिलिपि । 

–    सम्बन्धित स्थानीय तहको सिफारिस । 

छात्रबृत्ति प्राप्त गरिरहेका बालवालिका लागि

–   विद्यार्थीको निवेदन ।

–   अध्ययनरत विद्यालयको कक्षाखुल्ने सिफारिस पत्र ।

–   कामदारको राहदानीको प्रतिलिपि ।

थप जानकारीको लागि नीलकण्ठ नगरपालिकाको कार्यालय तथा आप्रवासी श्रोत केन्द्र धादिङको फोन नम्बर ०१०–५२१३१४ र ईमेल  [email protected] सम्पर्क गर्नुहोला ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्