कक्षा–१२ को परीक्षाअघि सबै परीक्षार्थीले सिआइसिटी फारम भर्नुपर्ने

काठमाडौं,२२  साउन।
कक्षा–१२ को परीक्षा दिनुअघि सबै परीक्षार्थीले केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ (सिआइसिटी) फारम भर्नुपर्ने भएको छ। परीक्षार्थीले भरेको फारम सम्बन्धित जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) मा बुझाउनुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

फाराममा परीक्षार्थीले आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण भर्नुपर्ने छ। बोर्डले सबै क्षेत्रको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयलाई उक्त फारम सम्बन्धित विद्यालयलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ।

फारम बोर्डको वेबसाइटबाट डाउनलोड गर्न पनि सकिने व्यवस्था गरिएको बोर्डको परीक्षा उप–नियन्त्रक कृष्ण प्रसाद घिमिरले बताउनुभयो। कोरोनाले रोकिएको कक्षा–१२ वार्षिक परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुँदै छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्