कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

धादिङ,२२ साउन।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० हजार  १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। आज देशभरका प्रयोगशालाबाट ९ हजार ४९३ जनाको पीसीआर गर्दा २४ सय ३० जना र ६ हजार १८२ जनाको एन्टिजेन परिक्षणमा १२ सय ९९ गरी कुल ३ हजार ७२९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार मात्रै ३ हजार ९३८ संक्रमित थपिएका थिए । यो सँगै हालसम्म कोरोना संक्रमितको हुनेको संख्या ७ लाख ७७ हजार ५८९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १८ सय ८५ जना निको भएसँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ । सक्रिय केश ३४ हजार ९४२ रहेको छ भने कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९३ दशमलब ७ प्रतिशत रहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्