धादिङमा आज थपिने भन्दा निको हुने दोब्बर,७१ संक्रमित संक्रमण मुक्त

धादिङ,२२ साउन।
धादिङमा आज दैनिक थपिने सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या दोब्बर रहेको छ । आज ७१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या ३० रहेको छ ।

स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज जिल्लाको गंगाजमुनामा १२,नीलकण्ठमा ६,ज्वालामुखीमा ५, धुनिबेशीमा ४, गल्छीमा २ जना र  नेत्रावती डवजोङमा १ गरि जिल्लाका ३० जनामा कोरोना पोजिटिभ देखिएको छ। बिहिबार धादिङमा ४८ संक्रमित थपिएका थिए । 

यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ५९२ पुगेको छ भने जिल्लाको सक्रिय केश ४३५ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार १४ पुगेको छ।

संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा ५ जना र होम आइसोलेसनमा ४३० जना रहेका छन्। यसैगरी जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ।

सिद्धलेकमा आज २८ स्वाब संकलन भएको छ भने जिल्लाभर ७१ एन्टिजेन परिक्षण मध्ये २१ पोजिटिभ आएको छ।हाल जिल्लाका ५६ जनाको पीसिआर नतिजा आउन बाँकी  रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्