राजेश पायलको नयाँ गीत ‘फर्कन छोरा’

गायक राजेश पायल राईको स्वर रहेको नयाँ गीत ‘फर्कन छोरा’ सार्वजनिक भएको छ । केशव शर्मा दाहालको शब्द रहेको गीतमा रचन्दु गोर्खालीको संगीत संयोजन छ ।

विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु–आमाको निरस जीवन र पीडाको कथा चित्रण भिडियोमा गरिएको छ । केशव शर्मा दाहालकै प्रस्तुति र निर्माण रहेको भिडियोमा नाटक तथा फिल्म अभिनयमा देखिँदै आएका कलाकारहरु कमलमणि नेपाल र सरिता गिरिको अभिनय देख्न सकिन्छ ।

प्रवीण खतिवडाको निर्देशन रहेको भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । भिडियोको छायांकन काभ्रेको रयाले, बनेपा, तिनपिप्ले लगायतका स्थानमा गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्