मुटुलाई स्वस्थ राख्‍ने उपाय

साधारणतयाः मुटुका मांसपेशी र यसको कार्यक्षमता ३० वर्षको उमेरपछि कम हुँदै जान्छ । यस्तो घट्ने क्रम कम गर्नका लागि शारीरिक गतिविधि बढाउँदै लैजानुपर्छ ।

हामीलाई के कुरा थाहा छैन भने उमेर बढ्दै गएपछि हामी कति निष्क्रिय हुन्छौं । उमेर, सम्पत्ति र पेशागत कुरा बढ्दै गएपछि शारीरिक रुपमा हामी कार्यालय तथा घरको दैनिक क्रियाकलापमा निष्क्रिय हुँदैं जान्छौं ।

त्यसैले हामीले क्यालोरी नष्ट गर्न उपयुक्त कोसिस गर्नुपर्छ । यसका लागि हाम्रो दैनिक जीवन व्यायामसहित क्रियाशील हुनुपर्छ । युवाहरुले प्रत्येकदिनजस्तो ४० देखि ५० मिनेट व्यायाम गर्नुपर्छ ।

नियमित व्यायामले रगतको कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारण तत्वहरु घटाउँछ । प्रत्येक दिन शारीरिक तवरमा सक्रिय वा क्रियाशिल रहने लक्ष्य राख्नुहोस् ।

तौल बढी वा ज्यादै मोटोपन भए पनि तपाईं स्वस्थ रहनसक्नुहुन्छ । बढी तौल भएको तर शारीरिक रुपमा ठीक नभएको मानिसभन्दा बढी तौल भएपनि शारीरिक रुपमा तन्दुरुस्त मानिसमा मृत्युको खतरा कम हुन्छ ।

नियमित खाना खानु स्वास्थ्यवर्द्धक खानाको महत्वपूर्ण भाग हो । दिनभरिमा कम्तीमा ५ पटक थोरै-थोरै खाना खानुपर्छ र खान कहिल्यै पनि छाड्नुहुँदैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्