धादिङका सान, प्रदिपको छुट्टै पहिचान

धादिङ बैरेनीका प्रदिप पढाईको सिलसिलामा राजधानी छिरे लगतै आर्थीक अवस्थाकै कारण आफ्नो ‘ड्रिम’ भन्दानि व्यवहारिक कुरामै व्यस्त रहे| कहिले मोडलिङ त कहिले कलाकारितामै फोकस गरिरहेका प्रदिप ‘प्लस टु’ सके लगतै  मिडिया लाईनमै जोडिरहे ।

“चन्द्रमाको कालो दागलाईनि छुट्याउन नसक्ने मान्छेले कसैलाई पनि राम्रो नजरले हेर्न सक्दैन” भनेझै भएर होला सुरुसुरुमा आफुसङ्ग प्रतिभा हुँदाहुँदै पनि विभिन्न कारणवस सिंधै तिरस्कृत हुनुपरेको पिडा प्रदिपको जीवनमा पनि छर्लङ्गै देखिन्छ ।

लक्ष्य लिएर अघि बढिरहेका प्रदिप सङ्घर्षको मैदानमा लडिरहँदा त्यसै खेलाडीलाई बुझिदिने आफ्नै जिल्ला निवासी अमृत अधिकारी सङ्गको भेटघाटले र उनकै साथ सपोर्टलेनै आज खुलेरै मिडियामा आएका छन् ।

भोलीको दिनमा यसरिनै दर्शक र श्रोताहरुको माया र हौसला सदैव मिलिनैरह्यो भने अझै ठाउँ र देशको लागि केही होइन धेरैनै गर्न सक्छन् यी भाईले भन्दै हामीसङ्गको भेटघाटमा उनकै कोच भनौ या आईडल गुरु अमृत अधिकारीले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्