भदौ ५ सम्मका परीक्षा रोकिदैन:त्रिवि


तालिका प्रकाशित गरिसकेका कुनै परीक्षा नरोक्ने त्रिभुवन विश्वविद्यालयले निर्णय गरेको छ। आज बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद बैठकमा पहिले नै रूटिङ निकालिसकेका र परीक्षा चलिरहेका सबै संकायका परीक्षा अथार्त भदौ ५ सम्मका परीक्षा नरोक्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो। 

हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरू सञ्चालनमा छन्  भने केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुँदैछ। परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न भनिएको उहाँले बताउनुभयो। भदौ ५ पछि कोरोना संक्रमण थप बढ्यो र सरकारले निषेधाज्ञा लगायो भने त्यसपछिका परीक्षा के गर्ने भन्नेबारे पछि नै बैठक गरेर निर्णय गर्ने त्रिविले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्