ब्राजिललाई हराउँदै अमेरिकाले जित्यो महिला भलिबलको स्वर्ण

टोकियो ओलम्पिक अन्तरगत महिला भलिबलको स्वर्ण पदक अमेरिकाले जितेको छ। 

आज भएको फाइनलमा ब्राजिललाई ३–० को सोझो सेटमा पराजित गर्दै अमेरिकाले स्वर्ण पदक हात पार्यो।

पहिलो सेट २५–२१ ले जितेको अमेरिकाले दोस्रो सेट २५–२० र तेस्रो सेटमा २५–१४ को जित निकाल्यो। टोकियो ओलम्पिक महिला भलिबलमा अमेरिकाले पहिलो पटक स्वर्ण जित्न सफल भयो।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्