धादिङ-काठमाडौं सम्पर्क मन्चमा हरि शर्माको संयोजकत्वमा भेला आयोजक कमिटि गठन

धादिङ । नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र] धादिङ-काठमाडौं सम्पर्क मन्चले हरि शर्माको संयोजकत्वमा भेला आयोजक कमिटि गठन गरेको छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रल्हाद बुढाथोकीको प्रमुख अतिथ्यतामा सम्पन्न मन्चको पूर्ण बैठकले धादिङ आगिञ्चोक घर भई काठमाडौमा व्यवसाय गर्दै आएका हरि शर्माको संयोजकत्वमा ४१ सदस्यीय भेला आयोजक कमिटि गठन गरेको हो ।

उक्त पूर्ण बैठकमा माओवादी केन्द्र धादिङका इञ्चार्ज शालिकराम जमकट्टेल, जिल्ला अध्यक्ष बिजय बुर्लाकोटी, जगत सिंखडा, रामबहादुर भण्डारी लगायतेको आतिथ्यता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्