‘मन्त्रीको गोप्य कोठामा सिसी क्यामेरा राखियोस्’

राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले मन्त्रालयका मन्त्री र सचिवले गोप्य कोठामा बसेर गर्ने काम कारबाहीको विषयमा प्रश्न उठाउँदै त्यस्तो कोठामा सिसी क्यामेरामा देखिने गरी राख्न माग गरेका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै देवकोटाले मन्त्री र सचिवले गोप्य कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धी नदेखिएको भन्दै उनीहरुको  काम कारबाही देखिनेगरी सिसी क्यामेरा राख्नु आवश्यक रहेको  बताएका हुन् । गोप्य कोठामा बसेर काम गरेको जनताले देख्न पाउनुपर्ने उनको भनाइ छ । 
यसो गरेमा अनावश्यक भेटघाट बन्द हुने, कार्यालय छोडेर एनजीओ, आइएनजिओको कार्यक्रममा जाने बानीमा सुधार ल्याउने उनले बताए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्