अझै ८१ स्थानीय तहले ल्याएनन् वार्षिक बजेट

चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटको स्थानीय तर्फ हालसम्म ६७२ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याएका छन् भने ८१ स्थानीय तहहरुले हालसम्म पनि बजेट ल्याउन सकेका छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार असार १० गतेसम्मलाई तोकिएको अन्तिम समय सीमाको करिब डेढ महिना बितिसक्दा समेत सातै प्रदेशबाट गरी ८१ स्थानीय तहहरुले हालसम्म पनि वार्षिक बजेट ल्याउन नसकेका हुन् ।

यस्तोमा बजेट नल्याउने स्थानीय तहहरुमा सबैभन्दा अग्रस्थानमा प्रदेश नम्बर २ अन्तर्गतका स्थानीय तहहरु रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्