किरण बने ‘द भ्वाइस अफ नेपाल-३’को विजेता

चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजनको उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनल पुगेका उनले तारा श्रीस मगर (टिम राजु), ज्वाला राई (टिम तृष्‍णा) र आर्यन तामाङ (टिम दीप) लाई भोटमा पछि पारे ।

उपाधिसँगै किरणले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन् । बाँकी तीनैजना फाइनलिस्टले द भ्वाइसकाे ट्रफी पाएका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो ।

किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्