धादिङ अस्पतालमा ज्वरोका विरामी बढे:फ्लु र कोभिड कसरी छुट्याउने ?

धादिङ अस्पतालमा ज्वरोको विरामीको चाप बढेको छ।धादिङ अस्पतालद्वारा सन्चालित ज्वरो क्लिनिकमा दैनीक एक सय ५० देखी दुईसय जना सम्म उपचारको लागि आउने गरेका सुचना अधिकारी विक्रम विकले बताउनुभयो। कोरोना भाईरससँग मिल्दोजुल्दो लक्षण भएका विरामीहरुको संख्या बढ्दै गएको छ ।

मौसम परिवर्तनका कारण भाईरलका बिरामी बढेसँगै धादिङमा डेंगु र स्क्रब टाइफसका बिरामी पनि बढेको हो ।टाउको दुख्ने,रुघा लाग्ने,ज्यान दुख्ने जस्ता लक्षण देखीएका विरामीहरुको संख्या बढेको हो।

विरामी हुने वित्तिकै कोरोनाको शंका गर्ने गरेको कारण चिकित्सकहरुले नआत्तिन आग्रह गरेका छन्। फ्लुको लक्षण पनि कोरोनाको जस्तै हुने भएकाले नआत्तिकन सरसफाईमा ध्यान दिन र झोलिलो खानेकुरा खानको लागि पनि  आग्रह गरेका छन्।स्वास्थ्य समस्या देखिन साथ चिकित्सकहरुको सल्लाह अनुसार उपचार गराउन समेत आग्रह गरीएको छ। 

फ्लु र कोभिड कसरी छुट्याउने ?

फ्लु र कोभिड दुवै श्वासप्रश्वासको रोग भएकाले मिल्दोजुल्दो भएपनि केही फरक भने पक्कै पनि रहेका छन् । दुवै फरक भाइरसबाट बनेका छन् ।विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ कोरोना भाइरस र फ्लु इन्फ्लुएन्जा भाइरसले गराउँदछन् । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, आलस्य महसुस हुने, वाकवाकी तथा पखाला लाग्ने, स्वाद र गन्ध थाहा नपाउने यी दुवै भाइरसका साझा लक्षण हुन् ।

त्यसैगरी दुवै भाइरसको सर्ने लक्षण पनि उस्तै नै छन् ।संक्रमित व्यक्तिको सम्पर्क आउँदा, थुकको छिटाबाट भाइरस सर्न सक्छन् । भाइरस देखिएको मान्छेले सरसफाइमा ध्यान दिने र हाच्छ्युँ आउँदा मुख छोप्ने गर्नुपर्छ ।यी दुवै भाइरसको सर्ने अवधि फरक हुन्छ । फ्लु ३ दिन अवधिमा सर्ने हुन्छ भने कोराना भाइरस ५ देखि ६ दिनभित्रमा सर्ने गर्दछ ।

त्यसैगरी रुघाखोकी र फ्लु अलि फरक हुन सक्छन् ।रुघाखोकी लागेमा त्यति कडा हुँदैन ।नाकबाट पानी बग्ने, सामान्य ज्वरो आउने, खोकी लाग्ने अनि हाच्छ्युँ आउने हुन्छ ।यसका लक्षणहरु केहीदिन मात्र देखिन सक्छन् भने फ्लु लागेमा तपाईंलाई हप्तादिनभन्दा बढी पनि लक्षणहरु देखिन सक्छन्।

कोरोनाजस्तै लक्षण देखिएमा एकपल्ट फ्लुको पनि जाँच गराउँदा ढुक्क हुन सकिने विज्ञ बताउँछन् ।फ्लुको लक्षण देखिएमा घरमै झोलिलो खानेकुरा खान चिकित्सक जोड दिएका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्