लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि २२ घण्टे आह्वान

रुपन्देही – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले आज बुधवार दिउँसाे राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले २२ घण्टाको समय दिएर बहुमत सहित सरकारको दाबी गर्न आह्वान गर्नुभएको हो । 

अब भोलि बिहीवार दिउँसो ३ बजेसम्म दलहरूले बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी गर्नेछन् । लुम्बिनीमा कांग्रेस, माओवादी, जनमोर्चा र जसपाको बहुमत रहेको छ । 

शङ्कर पोखरेलको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८० सदस्य छन् । 

प्रदेश सभा सदस्य सन्तोष पाण्डेय, कल्पना पाण्डेय र विजय यादवलाई जसपाले गरेको कारबाही सर्वाेच्चले सदर गरीदिएपछि प्रदेश सभा ८० सदस्यीय बनेको हो । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनमा ४२ र एमालेमा ३८ जना छन् ।   ujyaaloonline

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्