मनसुन थप सक्रिय,एक हप्ता धेरै स्थानमा पानी पर्ने

धादिङ,२८ साउन 
मनसुन थप सक्रिय भएसँगै एक हप्ता नेपालका विभिन्न ठाउँमा ठुलो पानी पर्ने मौसमविद्ले बताएका छन्। बादल बिस्तारै बढिरहेकाले देशका प्रायः सबैजसो क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो।

अबको एक हप्ता नै देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान गरीएको छ । यसले गर्दा बाढी पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

मौसमविद्ले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रानसहितको बाढीको जोखिम रहेकाले नदीनाला र खहरे खोला आसपासका बासिन्दालाई सावधानी अपनाउन सुझाव दिएका हुन् ।अहिले प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका पूर्वी क्षेत्रमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।आउँदो बुधवार–बिहीवारसम्म नै देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्