‘कोभिशिल्ड’ लगाएकालाई आज र भोलि एस्ट्राजेनेका खोप लगाइदै


धादिङ,३१ साउन।
धादिङमा आज र भोली कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाइने भएको छ।स्वास्थ्य कार्यालय धादिङका अनुसार पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप खोप दिन लागिएको हो।
सरकारले निर्धारण गरेको लक्षित समुहलाई गत फागुनको २३ गतेदेखी २९ गतेसम्म कोभिशिल्ड खोप पहिलो मात्रा लगाएकाहरुलाई आज र भोली दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिन लागिएको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोख्रेलले बताउनुभयो।
जिल्लामा पूर्ववत सञ्चालन भएका कोभिड खोप केन्द्रहरुबाट नै दोस्रा डोज दिन लागिएको हो । खोप लगाउन आउने व्यक्तिलाई कोभिशिल्डको पहिलो मात्रा लगाएको एकिन गरि दोस्रो मात्रा दिन खोप अधिकृत पोख्रेलले आग्रह गर्नुभएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्