धादिङमा आज थपिए ३६ कोरोना संक्रमित,२३ जना डिस्चार्ज

धादिङ,३१ साउन।
धादिङका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज जिल्लाको ज्वालामुखीमा १०, गंगाजमुनामा ५, धादिङ अस्पतालमा र गजुरीमा ४/४ जना, त्रिपुरासुन्दरी, सिद्धलेक र रुवीभ्यालिमा ३/३ जना,गल्छीमा २, धुनिबेशी र बेनिघाट रोराङमा १/१ जनागरी जिल्लाका ३६ जनामा कोरोना पोजिटिभ देखिएको छ। शनिबार १२ संक्रमित थपिएका थिए । 

यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ८३३ पुगेको छ भने जिल्लाको सक्रिय केश ३१६ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।यस्तै पछिल्लो २४ घण्टामा २३ जना संक्रमित डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ३७४ पुगेको छ ।

संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा ८ जना र होम आइसोलेसनमा ३०८ जना रहेका छन् ।यसैगरी जिल्लामा संक्रमणका कारण हालसम्म ७९ जनाको मृत्यु भएको छ।

निलकण्ठमा आज ४१ स्वाब संकलन भएको छ भने जिल्लाभर १०७ एन्टिजेन परिक्षण मध्ये ३० पोजिटिभ आएको छ।हाल जिल्लाका ६९ जनाको पीसिआर नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्