२४ घण्टामा २२१२ जना संक्रमित थपिए, १८६७ जना डिस्चार्ज

धादिङ,३१ साउन ।
देशभर पछिल्लो २४ घण्टामा २ हजार २१२ नयाँ संक्रमित फेला परेका छन्  । देशभरका प्रयोगशालाबाट ८ हजार ८८ जनाको पीसीआर गर्दा १७ सय ९३ जना र ४ हजार १८ जनाको एन्टिजेन परिक्षणमा ४१९ गरी कुल २ हजार २१२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार मात्रै २ हजार ६२४ संक्रमित थपिएका थिए । योसँगै देशभर संक्रमित हुनेको संख्या ८ लाख ७ हजार ४०२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १८ सय ६७ जना निको भएसँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ । सक्रिय केश ३९ हजार २९८ रहेको छ भने कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९३ दशमलव २ प्रतिशत रहेको छ ।

यस्तै  पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ३३ जनाको ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दश हजार २९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्