धादिङबेसीमा मानव बेचविखन विरुद्ध र बाल संरक्षण सम्बन्धी सेवा प्रदायकलाई एक दिने तालिम

धादिङ,३२ साउन
धादिङबेसीमा मानव बेचविखन विरुद्ध र बाल संरक्षण सम्बन्धी सेवा प्रदायकहरुका निमित्ति आयोजित एकदिवसीय तालिम सम्पन्न भएको छ । “सुरक्षाको लागि साथ–साथ परियोजना” अन्तरगत नीलकण्ठ नगरपालि सँगको समन्वय र सहकार्य तथा गैर सरकारी संस्था महासंघ धादिङको समन्वयमा तालिमको आयोजना गरीएको हो ।

मानव बेचिखन विरुद्धको कानुनी प्रावधान, बर्तमान अवस्था, बालसंरक्षण सम्बन्धीको कानुनी प्रावधान, स्थानियतहले गर्नुपर्ने दायित्व, बालसंरक्षण सम्बन्धी सन्धी तथा महासन्धीको विषयमा छलफल गर्नको लागि तालिमको आयोजना गरीएको नीलकण्ठ नगरपालिकाका महिला विकास शाखाका महिला विकास निरिक्षक निर्मला केसीले जानकारी दिनुभयो ।

मानव वेचविखनको बदलिदो अवस्था, बालसंरक्षण सम्बन्धी प्रावधान, स्वयमसेवक पर्यटन तथा पीडितका अधिकारी क्षतिपुर्ति सम्बन्धी प्रशिक्षकद्वय जगन्नाथ सुवेदी र केशव दुवाडीले सहजिकण गर्नुभएको थियो ।तालिममा प्रशिक्षक जगन्नाथ सुवेदीले मानव बेचविखन भनेको के हो? मानव बेचविखनको बदलिदो अवस्था, नेपालबाट कसरी मानवेचविखन हुन्छ, बेचविखन विरुद्धको नेपालको कानुन, मानवअधिकारका पक्षहरु, स्वयम सेवक पर्यटक भनेको के हो ? यसको उदेश्य र क्षेत्राधिकार लगायतको कानुनी पाटोहरुको विषयमा जानकारी गराउनु भएको थियो ।

यसैगरी प्रशिक्षक केशव दुवाडीले बाल संरक्षण सम्बन्धी प्रावधान, नेपालमा सन्चालन भएका बालगृहको अवस्था, बाल संरक्षणमा स्थानिय निकायले खेल्लुपर्ने भुमिका, बालअधिकार सम्बन्धी नेपालको कानुन, नेपालले हस्ताक्षर गरेको सन्धी तथा महासन्धीका प्रावधान, पीडितका अधिकार र क्षतिपुर्तिका कानुनी पाटो लगायतको विषयमा सहिजकरण गर्नुभएको थियो ।

तालिममा नीलकण्ठ नगरपालिका भित्र मानव बेचविखन विरुद्ध र बालअधिकारको क्षेत्रमा क्रियाशिल रहेका गैर सरकारी संस्थाका प्रमुख एवम प्रतिनिधिहरुको सहभािगता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्