धादिङ कोरोना अपडेट:आज ३० संक्रमित थपिदा ४८ जना संक्रमित डिस्चार्ज

धादिङ,३२ साउन।
धादिङका थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज जिल्लाको नीलकण्ठमा १६, ज्वालामुखीमा ८, त्रिपुरासुन्दरीमा ३ र गंगाजमुनामा ३ जना गरी जिल्लाका ३० जनामा कोरोना पोजिटिभ देखिएको छ।आईतबार ३६ संक्रमित थपिएका थिए ।

यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ८६३ पुगेको छ भने जिल्लाको सक्रिय केश २९८ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।यस्तै पछिल्लो २४ घण्टामा ४८ जना संक्रमित डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ४२२ पुगेको छ ।

संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा ११ जना र होम आइसोलेसनमा २८७ जना रहेका छन् ।यसैगरी जिल्लामा संक्रमणका कारण हालसम्म ७९ जनाको मृत्यु भएको छ।

गजुरीमा आज १३ स्वाब संकलन भएको छ भने जिल्लाभर ६५ एन्टिजेन परिक्षण मध्ये १४ पोजिटिभ आएको छ।हाल जिल्लाका ४१ जनाको पीसिआर नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्