चहलपहल बढ्यो तर व्यापार छैन

काठमाडौं, भदौ १ । निषेधाज्ञा खुलोभएपश्चात् पछिल्लो समय उपत्यकामा मानिसहरूको चहलपहल बढेको देखिए तापनि व्यापार भने खासै हुन सकेको छैन । बजारमा चहलपहल बढ्दो देखिए तापनि अन्य समयमा जस्तो व्यापार हुन नसको व्यापारीहरू बताउँछन् ।

खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा खासै कमिी नआए पनि लत्ताकपडा, फेन्सी पसल, विद्युतीय सामग्री, हस्तकलालगायत वस्तुको व्यापार अहिले पनि करीब १० प्रतिशत मात्र रहेको बताइएको छ । काठमाडौंको असनमा फेन्सी कपडाको व्यापार गर्दै आएका नगेन्द्र श्रेष्ठले बजारमा मान्छेहरूको चहलपहल बढेअनुसार व्यापार नभएको बताए ।

‘महामारीको असरले गर्दा उपभोक्ताको क्रयशक्ति घटेका कारण बजार खुले पनि व्यापार हुन नसकेको हो,’ उनले भने । यो समय फेन्सी कपडाको व्यापार राम्रो हुने समय भए पनि महामारीको असरले बजारलाई अस्तव्यस्त बनाएको उनको भनाइ छ । अहिलेको समयमा अझ बढी प्रभावित भएको र उपभोक्ता नै शून्यजस्तै भएको बजार हस्तकला सामग्रीको हो । विदेशी पर्यटक र निर्यातका भरमा व्यापार हुने हस्तकला सामग्रीको बजार पूरै अस्तव्यस्त भएको छ । एकातिर विदेशी पर्यटकको आगमन नहुँदा नेपालमा यसको व्यापार शून्य नै छ भने अर्कातिर निर्यात व्यापार पनि प्रभावित हुँदा स्थिति झनै नाजुक बन्न पुगेको वसन्तपुरमा हस्तकला सामग्रीको व्यापार गर्ने गोपाल तण्डुकारले बताए ।नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार कुल व्यापारमध्ये करीब ५ प्रतिशत व्यापार मात्रै नेपालमा हुने र करीब ९५ प्रतिशत व्यापार निर्यातमा निर्भर गर्छ । महासंघका अनुसार नेपालबाट वार्षिक रू। ११ अर्बदेखि १५ अर्बबराबरको हस्तकलाका सामग्रीहरू निर्यात हुने गर्छ भने करीब ११ लाख मानिसहरूले यस क्षेत्रमा रोजगारी पाएका छन् । नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले महामारीले यस क्षेत्रलाई पुर्‍याएको असरका कारण हस्तकला उद्योगले आफ्नो लय समात्न अझै २र३ वर्ष लाग्न सक्ने बताए ।

त्यसैगरी विद्युतीय सामग्रीको व्यापारले समेत गति लिन नसकेको व्यापारीहरूले बताएका छन् । आर्थिक अभियान दैनिकबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्