मास्क लगाउन सचेतना फैलाउदै युवा संघ धादिङ

धादिङ । नेकपा एमाले (माधव नेपाल) पक्षको युवा संघ नेपालले आज हिजो मास्क वितरण गरेको हो। मास्क नलगाई हिडेका पैदलयात्री, मजदुर, सवारी चालक सबैलाई मास्क लगाएर मात्रै घर बाहिर निस्कन अनुरोध गर्दै मास्क वितरण गरेको हो ।कोभिड–१९ को डेल्टा भेरियन्ट विरुद्ध सचेतना कार्यक्रम अन्तर्गत मास्क नलगाई हिड्नेहरुलाई मास्क वितरण गरेको युवा संघ नेपाल धादिङका सचिव प्रदिप श्रेष्ठले बताएका छन् । बागमती प्रदेशभित्रका सबै जिल्लामा आज मास्क वितरण कार्यक्रम आयोजना गरिएको श्रेष्ठको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्