त्रिशूली किनारमा बालकको शव फेला

गोरखा,०३ भाद।
गोरखाको गण्डकी गाउँपालिका–८ वर्खेघाटस्थित त्रिशूली नदी किनारमा एक बालकको शव भेटिएको छ। बिहिबार माछा मार्न गएका स्थानीयले शवदेखेपछि प्रहरीलाई खबर गरेका थिए।

अन्दाजी ३ बर्षिय बालकले पहेँलोमा कालो धर्का भएको सुरुवाल,कालो गन्जीमा सेतो लोगो भएको टिर्सट लगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताउनुभयो।

शव फेला परेको स्थानबाट कोही बालक हराएको जानकारी समेत नभएकाले सनाखतको लागि जिल्लाका विभिन्न स्थानमा आफन्तीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बालकको आफन्तको खोजीका  लागि जिल्ला प्रहरी कार्यालय धादिङसँग समन्वय गरिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्