सिद्धलेकमा विकासको खाका कोरिएका छन् :प्रेमनाथ सिलवाल

नीलकण्ठ एफ.एमबाट प्रसारण हुने चर्चित कार्यक्रम ‘जनतासँग प्रमुख’ कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालसँग रामकुमार थापाले गर्नुभएको कुराकानीको सम्पादित अंशः

१.कोरोना भाईरसको तेस्रो लहर आउछ भनेर स्वास्थ्य विज्ञहरुले भनिरहेको अवस्थामा सिद्धलेक गाउँपालिकाले तेस्रो लहरको सामना गर्नको लागि कस्तो योजना बनाइरहेको छ?

हामीले पहिलो पनि दास्रो पनि असाध्यै सजगताका साथ अगाडि बढेका छौँ । सिद्धलेक गाउँपालिकामा सात वटा आधारभुत स्वास्थ्य चौकी र ५ वटा स्वास्थ्य बिन्दु र एउटा हेल्थडेस्क छ।सबै ठाउँमा हाम्रा स्वास्थ्यकर्मी साथीहरुलाई सजगताका साथ राखेका छौँ । परेवाटारमा सात बेडको आइशोलेसन व्यवस्थापन गरेका छौँ।

त्यहाँ १३ वटा अक्सिजन सिलिन्डर र तिन जना नर्स राखेका छौँ ।अहिले हम्रो आइशोलेसनमा कोही भर्ना भएको छैन । तर पनि तेस्रो लहर आउने भन्ने कुरा छ हामी असाध्यै सजगताका साथ अगाडि बढ्ने र मुख्य गरी काउनसेलिङ हाम्रो अगाडि बढेको छ । सबै स्वास्थ्य चौकीहरुमा सामान्य रुघा, खोकी, ज्वरोका औषधिहरु पठाएका छौँ ।

गाउँ घरमा भाइरल ज्वरो आएको छ धेरैलाइ एन्टिजिन, पिसिआर परिक्षण गर्दा पोजिटिभ निस्केको छ । उहाँहरु होम क्वारेन्टाइनमा बस्नु भएको छ । उहाँहरुलाइ निको पनि भइसकेको अवस्था छ । तेस्रो लहर आइहाल्यो भने हामी आत्तिनु पर्ने अवस्था छैन तर विश्व आतङ्कित बनाएको रोग हो । त्यसैले सजगताका साथ हामी अगाडि बढनु पर्छ भनेर लागेका छौँ। 

२.कोभिड कै बिचमा गाउँपालिका कसरी अगाडि बढ्न सक्छ ? 

भेरोसेल, कोभिसिल्ड र जोनसन एण्ड जोनसनका खोप हामीले धेरै जनताहरुलाई लगाइसकेको अवस्था छ। जनस्वास्थ्यका मापदण्ड अपनाएर उहाँहरुले पाइराख्नु भएको छ।सामाजिक दुरी कायम गरेर विकासलाइ अवरोध गर्न हुदैन भन्ने तरीकाले हामीले काम पनि गरीरहेको अवस्था छ।

जस्तो कालोपत्रेको लागि बाहिरको दक्ष साथीहरु कि इन्डियाबाट कि तराईबाट नल्याई हुदैन । सबैलाइ क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्न सक्ने अवस्था पनि छैन तर पनि उहाँहरुलाई स्वास्थ्य सामाग्री दिएर एकदमै सजग हुनुभएको छ ।  हाम्रो बजेट करिब करिब बिनियोजन भइसकेको छ । ठेक्काको काम अगि बढिरहेको छ।ठेक्का टेन्डरहरु खुलिरहेको छ । चुनौतीको सामना पनि गर्नुपर्ने छ तर विकासलाइ पनि तिव्रता दिनुपर्नेछ ।  

गुनासो
रामप्रसाद उपाध्याय, सिद्धलेक–१  
नलाङ ठाटी भन्ज्याङको डिपबोरीङमा धारा बनाएको बापत उपभोक्तालाइ हाजिरी लगाएर खर्च दिने भनेको थियो त्यो कसैले पनि पाएको छैन एकदमै गुनासो आएको छ । सार्वजनिक सुनुवाईमा उपभोक्तलाइ नजोडेको होकी भन्ने पाएको छु ।

सिद्धलेक गाउँपालिकाले पोल लाने, ट्रान्सफर्मर राख्ने र ट्याङकी निमार्ण गर्ने काम गर्यो । करिब १९० मिटर तलबाट पानी झिकेको छ । अरु सबै काम अक्सफामको फोकस नेपालका साथीहरुले गर्नुभएको हो ।

फोकस नेपालका साथीहरुले आयोजना गरेर काम गर्न लगाउनु भएको हो । पानी वितरण र घरघरमा पु¥याउने काम उहाँहरुको भएको कारणले कुन प्रावधानले काम लगाउनु भएको थियो ,यो विषयमा मलाइ कसैले पनि गुनासो राख्नु भएको छैन म त्यहाँका आयोजक अध्यक्षलाई सोधेर व्यवस्थापन किन नग¥या भन्ने कुरा गर्नेछु । 

३. हामीले शिक्षालाइ कसरी अगाडि बढाउन सकिन्छ ?

हामीले शिक्षालाइ वैकल्पिक रुपले पढाउन पर्छ भन्ने मान्यताले अगाडि बढेका थियौँ । जिल्ला प्रशासन कार्यलयसँग सल्लाह गरेर अगाडि बढ्नु पर्ने आफनो ठाउँमा बाध्यता थियो ।

बाध्यता हुँदा हुदै स्थानिय संचालन २०७४ ले दिएको अधिकार प्रयोग गरेर हामी अगाडि बढ्यौँ। हामीले सबै विद्यालयहरु खोलेका थियौँ। जिल्ला प्रशासन कार्यलयबाट विद्यालय संचालन नगर्नु यदि संचालन भएको खण्डमा भोलि समस्या भयो भने जिम्मेवार स्थानिय तह नै हुनेछ भनेर पत्र गयो । अहिले अनलाइन मार्फत पठनपाठनलाई अगाडि बढाउन पर्छ भनेर हामी अगाडि बढेका छौँ । 

प्रश्न
सुरज अर्याल –विकासको कुरामा किन सुन्दरपानीलाइ पछाडि पार्दै हुनुहन्छ ? 

विकासको विषयमा कोहि पछि पर्नु पर्ने अवस्था छैन । हामीले त्यहाँ ४०/५० लाख हालेका हौँ र सम्झौता नभैकन पैसा अन्तै डाइर्भट भएर गएको जानकारी गराउन चाहन्छु । अहिले ग्राभेलको लागि भनेर ८/१० लाख छुट्टाएर तलबाट ग्राभेल गर्ने किसिमले अगाडि बढेका छौँ । ठाँटीसम्म कच्चा नाला र ग्राभेलको लागि हामी अगाडि बढ्छौँ । 

सन्जय गीरी– सिद्धलेक ७ को पिपलटार,आदमटार सडक वडामा गएर गुनासो गर्यो माथिको बजेटले बनाउने भन्नुहुन्छ । गाउँपालिकाको ध्यान गएको छैन । विकासको काममा हाम्रो गाउँ, तल्लो गाउँ, घर्ती गाउँ, सिउँडेटार र आँपटारलाइ अलि पक्षपात गरेको जस्तो लाग्यो ? 
अहिले करिब ३५ लाख परेको छ । रातो कितावमा लेिखएको भन्ने कुरा आएको छ।

३५ लाखले त केही पनि हुने वाला छैन । यो साल बाटो बन्छ भन्ने हामी विश्वस्त छौ। पालिका र प्रदेशको गरेर समपुरक २ करोड परेको छ। कति पुग्छ ग्राभेल र नाला बनाउने स्तर उन्नति गर्ने काम अगाडि बढ्छ । 

हरिशरण अर्याल, सिद्धलेक २ –आर्पीछाप कैजँले खानेपानीको पानी खुवाउने एउटा योजना थियो यो कुरामा पालिकाको कत्तिको नजर पुगेको छ होला सम्भव कहिलेसम्म होला ? अर्को कुरा आज भन्दा १० वर्ष देखि भत्ता पाईरहनु भएको एउटा हजुरआमाले अहिलेको भत्ता जुन नविकरण नगरेको कारणले रोकिएको छ भनेर गुनासो आएको छ । अहिले तीन महिना के कारणले रोकिएको हो ?

विगतमा २०७६/७७ मा बजेटमा सम्रग आप्रीछापमा पानी खुवाउने भनेर हामीलाई पैसा आयो । जेठको अन्तिममा झन्डै ५५ लाख जति आयो । हामीले टेन्डर गर्यौँ । टेन्डर गर्दा असारको अन्तिममा टेन्डर खुल्ने अवस्था आयो । त्यसैले त्यो पैसा प्रदेश फिर्ता गयो । काम गर्न नसक्ने पैसा आयो । प्रदेशले म्याद नथपेको हुनाले तर अहिले त्यो पैसा फिर्ता ल्याउन प्रदेशमा पहल भइरहेको छ ।

त्यो खानेपानीलाई कसरी समस्या समाधान गर्ने भनेर हामी दत्तचित्तका साथ लाग्छौँ । यदि भएन भने हामी पुँजीगत भैपरीको पैसाबाट पनि व्यवस्थापन गरेर जानु पर्छ कि भन्ने सोचमा छौँ । बृद्धा भत्ताको कुरा मैले बुझ्न पर्छ । वर्षेनि नविकरण गर्नुपर्छ तर उहाँको किन छुटेको रहेछ सामाजिक सुरक्षा खातामा गएर बुझ्नुपर्छ ।

एलेक्स शर्मा – दोवानटार देखि किँदेरी सम्म बाटो मर्मतको लागि जेसीवीहरु कहिले आउछ? किँदेरी अलि व्यवस्थीत बनाउन पर्यो । सुन्दरीपानी, बिस्टारी, किँदेरी, महादेवीथान हुँदै आर्पीछाप जोड्ने बाटोमा तपाइको ध्यान खोई ? के हामी सिद्धलेकवासी होइन ? 

बाटोको विषयमा हाम्रो र ज्वालामुखीको दायित्व उत्तिकै छ । अब यो बर्खा रहन दिनुस् हामी प्रदेश संघतिर गएर केही व्यवस्थापन गर्ने हो। हामी दुई गाउँपालिका मिलेर अगाडि बढ्छौँ । 

सुझाव
रोशन त्रिपाठी – सिद्धलेक गाउँपालिका र मातहतका वडाकार्यलयहरुले समेत अभिलेख लगायतका कार्यहरु कमप्युटर प्रणालिबाट हुन थालेको रहेछ।प्रविधिसँग जोडिनु राम्रो तर सिस्टममा समसया भएर टाढाबाट आएको सेवाग्राहीले दुख पाएको देखियो । यस्को लागि भविस्यमा सेवा चुस्त दुरुस्त र झन्झट मुक्त होस्।

सुझावको लागि धन्यवाद । हामी त्यसलाई कसरी अगाडि बढ्ने अपडेट छौँ । अनलाइन सिस्टमलाई जनताहरुलाई नअलमल्ली जान पर्ने अवस्थामा कसरी चुस्त दुरुस्त बनाउने भन्ने तरीकाले हामी अगाडि बढेका छौँ । 

४.अब आठ नौ महिनाको बिचमा योजनाहरु सम्पन्न गर्नुपर्ने कामहरु छन्,कसरी कामलाइ अगाडि बढाउन सक्छौँ ? 

हामी दशैँ भन्दा अगाडि प्रत्येक योजनाहरु सम्झौता गरिसक्छौँ ।कात्र्तिक सम्ममा गाउँपालिका देखि वडासम्मका सबै योजनाहरु सम्झौता गरेर सक्छौँ । चालुगत र पुजिँगत रुपमा हाम्रो बजेट ६४ करोड २६ लाख ३१ हजार ८ सय ५२ रुपैया बजेट  यो आर्थिक वर्षमा आएको छ । चालुतर्फ ३६ करोड २४ लाख ९२ हजार ८ सय खर्च हुन्छ।

पुजिँगत तर्फ २५ करोड ४३ लाख २२ हजार ४ सय ५२ रुपैँया खर्च हुन्छ । वित्तिय खर्चमा २५ करोड ८१ लाख ६५ हजार ९ सय रुपँैया हुन्छ । २ करोड ५८ लाख १६ हजार ५ सय ९९ वित्तिय खर्च हुन्छ।अब हामीले काम गर्ने भनेको फागुनसम्म हो, चैत मा चुनाव हुन्छ। त्यसैले हामी धमाधम स्टमेट गर्ने ठेक्का प्रक्रियामा काम अगाडि बढाउने काम भएको छ। 

५. अध्यक्ष भएर निर्वाचित भइसके पछाडि जुन तपाइको भिजन, सपना थियो त्यही अनुसारका कामहरु कत्तिको गर्न सकियो? 

कामको तिव्रता अगाडि बढेको छ।आधार खडा भएको छ,यसलाइ फलो गरेर अब आउने जनप्रतिनिधिले अगाडि बढायो भने प्रगति दिशातिर लम्किन्छ।जनताले सुख सुविधा पाउँछन् भन्ने आशा छ।हामीले सबै जगको व्यवस्थापन गरिसक्यौँ ।खानेपानी धेरै अगाडि बढेको छ।शिक्षामा कुनै विद्यालय भवन बनाउन  बाँकी छैन।

वडा कार्यालय सबै बनिसकेको छ।१२/१३ वटा स्वास्थ्य भवन सबै सम्पन्न भइसकेको छ। गाउँपालिकाको अहिले ठूलो भवन बन्दै छ यसपालि पुरा हुन्छ।कृषिमा जनताहरुले एक घर एक ट्रयाक्टर बनाउने हाम्रो अभिलासा छ।

धेरे अगाडि बढेको अवस्था छ पावर ट्रयाक्टरहरु,पर्यटनमा सिद्धलेक डाँडामा एउटा पुर्वाधार तयार भएको छ।सबै कामहरु थालेका छौँ।यसपालि पैसा पुग्यो भने सिद्धलेकमा शिवको एउटा मुर्ति राख्न खोजेका छा्रैँ।मैले अभिलाशा राखेको छु अब आउने जनप्रतिनिधिलाइ त्यो पुरा गर्ने बाटातिर डोराउन सक्ने सम्भावना हुन्छ। 

६.गाउँपालिकाले ५० प्रतिशत बिजुली महशुल तिर्ने जुन डिपबोरीङबाट गरीरहनु भएको छ। पम्पहरु किन्नको लागि ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने, यसरी जनताको दुखमा मलम लगाउने कामहरु गर्न सकियो भने पक्कै पनि जनताहरुलाई स्थानिय तह भएको प्रत्याभुती पक्कै पनि हुन्छ होला?यसको बारेमा थोरै बताइदिनुहोस् न।

१० वटा डिपबोरीङ हामीले झिकेका छौँ,लिफ्टबाट ४/५ वटा छन्।जनताहरुले तिरेको महशुल५० प्रतिशत।जरीवाना लागेको छ भने संस्थाले तिर्नुपर्छ । गाउँपालिका आएपछि साउन एक गते देखिको गाउँपालिकाले तिर्दिन्छ ।ट्रान्सफरमर जल्यो भने आधा जनताको आधा हाम्रो त्यो तरीकाले व्यवस्थापन गर्न हामीले बजेट विनियोजन गरीसकेका छौँ । हामी जनताको सेवक हौँ।  

७.हामी कार्यक्रमको अन्तिम समयमा छौँ,अन्त्यमा सिद्धलेकवासीलाइ के भन्न चाहनुहुन्छ ?

सबै देश विदेशमा रहनु भएका सिद्धलेकवासी कोभिड १९ तस्रो लहर आउन सक्ने सम्भावना छ हामी एकदम सजग रहौँ।मास्क स्यानिटाइजर प्रयोग गरौँ।स्वास्थ्यलाइ ख्याल गरौँ।

जनताले तिरेका पैसाहरु दुरुपयोग भएका छन् भने औल्याईदिनुस्।हामीलाइ सल्लाह सुझाव दिनुस भनेर भन्न चाहन्छु।सबै जनताहरुका लागि समर्पित हामी भएका छौँ।सर्वप्रथम स्वास्थ्य, सुखी रहनुहोस् । हामी सबै स्वास्थ सुखी रहयौँ भने सिद्धलेक समृद्ध हुन्छ।सिद्धलेक समृद्ध हुनु भनेको नेपाल समृद्ध हुनु हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्