जेनोआको पोस्टमा इन्टरको चार गोल

साबिक विजेता इन्टर मिलानले सिरिए ए को नयाँ सिजनमा उत्कृष्ट सुरुवात गरेको छ । शनिबार भएको खेलमा इन्टरले ४–० को शानदार जीत हासिल गरेको हो ।

मिलान स्क्रिनियारले खेलको छैटौँ मिनेटमा नै इन्टरलाई अग्रता दिलाए । नयाँ म्यानेजर सिमोनी इन्जाघीको नेतृत्वमा रहेको इन्टरले १४ औँ मिनेटमा अग्रता दोब्बर बनायो । हाकान काल्हानग्लूले इन्टरका लागि दोस्रो गोल गरे ।

दोस्रो हाफमा अर्टुरो भिडाल र एडिन जेकोले गोल गर्दै डिफेन्डिङ च्याम्पियनलाई सहज जित दिलाए । गत सिजन इन्टरले ११ वर्ष वर्ष पहिलो पटक लिग उपाधि जितेको थियो । तर, त्यसयता म्यानेजर एन्टोनियो कोन्टे र स्टार स्ट्राइकर रोमेलु लुकाकुले क्लब छाडिसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्