नेकपा एकीकृत समाजवादीको युवा भेला सम्पन्न


धादिङबेशी । नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ धादिङको प्रथम विस्तारित बैठक धादिङबेशीमा सम्पन्न भएको छ । नेकपा एमाले बाट बाहिरिएपछि नेता माधब कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टीले धादिङमा पहिलो पटक औपचारिक कार्यक्रम गरि युवा संघको बैठक सम्पन्न गरेको हो । बैठकले रामकुमार श्रेष्ठको संयोजकत्वमा पिपुल्स भोलियन्टरको जिल्ला कमिटि चयन गरेको छ । कमिटिको सहसंयोजकमा आईत तामाङ र सचिवमा निरु थिङ तामाङ चयन भएका छन । त्यस्तै बैठकले जिल्लाको १२ वटा स्थानीय तहहरुमा युवा संघको संयोजक, सहसंयोजक र सचिव मनोनित गरेको छ । नीलकण्ठ नगरपालिकामा पछि कमिटि चयन गरिने आयोजकले जनाएको छ । बैठकलाई पुर्व स्थानिय बिकास मन्त्रि एवम् नेकपा एकिकृत समाजबादिका नेता राजेन्द्र प्रसाद पाण्डे,नेता गुरु प्रसाद बुर्लाकोटी लगाएतले सम्बोधन गरेको थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्