धादिङका विरामीलाई आवश्यकता अनुसार रगत निशुल्कःतिमिल्सिना

नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति नारायण प्रसाद तिमल्सिनासँग सानुबाबु तिमिल्सिनाले गर्नुभएको कुराकानीको सम्पादित अंशः

१. धादिङ रेडक्रसले बिरामीलाई निशुल्क रगतको अवधारणा अभियानकै रुपमा संचालन गरीरहेको छ। यो अवधारणा कसरी आयो र अहिलेसम्म अभियान अन्तर्गत के कति काम अगाडि बढेको छ ? 

उतर : नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले विषेश गरी धादिङमा रहेका १३ वटा स्थानिय तहहरुका नागरीकहरुलाई आपतकालिन अवस्थामा आवश्यक पर्ने रगत हालसम्म रगत लिने प्रक्रियामा रगतको माग भएको बेला आपुर्तिको समस्या हुने कुरालाइ दृष्टिगत गरेर कोही व्यक्तिले निःशुल्क रुपमा आफुले दान दिएको रगतलाई प्राप्त गर्ने व्यक्तिले पनि निशुल्क पाउन पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै धादिङ जिल्लामा पहिलो पटक हामीले अभियानको रुपमा शुरुवात गरेका हौँ।

पहिले सेवा शुल्क वापत हामीले पैसा लिने गरेका थियौँ । त्यो पैसा अब स्थानिय तहहरुको सहयोगमा जति पिन्ट रगत सेवाग्राहीले रक्तसंचार केन्द्रबाट लिन्छन् त्यसको सेवा शुल्क स्थानिय तहले तिरिदिने गरी हामीले यो अभियान गत वर्षदेखि संचालन गर्यौँ। गत वर्षको संचालनको अभियानमा धादिङ अस्पतालमा सेवा लिने सेवाग्राहीको नीलकण्ठ नगरपालिकाले सम्पुर्ण रुपमा प्रति पिन्ट हजारका दरले हामीलाई उपलब्ध गरायो । यस वर्ष सबै पालिकाहरुमा एकरुपता आवस भनेर अभियान संचालन गरेका थियौँ।

सबै पालिकाको यही वर्ष बजेट विनियोजन गर्न नसक्नु भएको कारणले सबै पालिकाबाट बजेट प्राप्त गर्न सकेका थिएनौँ। तर अहिले श्रावण १ गते देखि जिल्लाका कुनै पनि पालिकाको नागरीकहरुले रगत निशुल्क रुपमा प्राप्त गरुन् । धादिङ अस्पतालमा जो सेवाग्राही आउनुहुन्छ त्यहाँ आपतकालिन रुपमा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले संचालन गरेको ब्लड बैँक छ । त्यहाँबाट उहाँहरुले निशुल्क रुपमा रगत पाउनुहुन्छ । त्यस्तै नेपाल रेडक्रस सोसाईटीबाट संचालित चितवनमा पनि रक्त संचार केन्द्र छ । धादिङमा स्थायी बसोवास गर्नेले त्यहाँबाट पनि निशुल्क रगत पाउनुहुन्छ।

त्यसैगरी नेपाल रेडक्रस सोसाईटी कास्की जिल्ला शाखाले पोखरामा संचालन गरेको छ । त्यहाँ पनि पुर्णरुपमा निशुल्कमा पाउनुहुन्छ । नेपाल रेडक्रस सोसाईटी नुवाकोट जिल्ला शाखाले पनि रक्त संचार केन्द्र स्थापना गरेको छ । धादिङ जिल्लाका वासिन्दालाई आवश्यक पर्यो भने निशुल्क पाउनु हुन्छ भने नेपाल रेडक्रस सोसाईटी भक्तपुर, नेपाल रेडक्रस सोसाईटी ललितपुर, जिल्ला शाखाले संचालन गरेका ब्लड बैँकहरुबाट पनि निशुल्क पाउनुहुन्छ। काठमाडौको हकमा केन्द्रीय कार्यालय मार्फत नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र कालिमाटीमा छ । त्यहाँबाट पाउनसकिन्छ। 

यो अभियान श्रावण १ गते देखि धादिङ जिल्लाको १३ वटै स्थानिय तहहरुको समन्वयमा संचालन गर्यौँ । केन्द्रिय रक्त संचार विभागबाट धेरै निशुल्क रगत गइसकेको छ । तर अन्यत्र उहाँहरुसँग कागजात नपुग्ने, संस्थामा परिपत्रको अभाव, कर्मचारीलाई जानकारी नहुने, पहिले रसिद काटि सक्ने हुनाले हामीले भनेको जस्तो पाएका छैनौ । जो अहिले धादिङमा स्थायी वासीन्दा हुनुहन्छ उहाँहरु यदि कतै रकम तिर्न बाध्य हुनु भएको छ भने त्यो बिल धादिङ शाखामा प्राप्त भयो भने नेपाल रेडक्रस सोसाईटीको अहिले चलेको चलनचल्ती अनुसार हाम्रो नम्समा रहेको आधारमा बिल बापतको भुक्तानि गछौँ।

धादिङका सबै स्थानिय तहले गर्ने प्रतिबद्धता गरीसक्नु भएको छ।२०७८ साल श्रावण १२ गते रक्त संचार दिवसका अवसरमा जिल्लाका १३ वटा स्थानिय तहहरुलाई समन्वयन गरेर जिल्ला समन्वयन समितिका प्रमुख जगन्नाथ नेपालले घोषणा गर्नु भयो । पूर्ण निशुल्क गर्ने र जिल्ला सभामा एकरुपता सम्झौता गरेर एकमुष्ट रुपमा रकम उपलब्ध गराएर जिल्ला शाखाले व्यवस्थापन गर्ने भनेर लागेका छौँ । निकट भविष्यमा धादिङ जिल्लाकोे आम नागरीकले रगत निशुल्क पाउछौ भन्ने कुरा प्रचार प्रसार भइरहेको छ र गरीदिनु हुनको लागि आग्रह गर्दछु। 

२. जिल्लाका पालिकाहरुसँगको समन्वय कसरी गरीरहनु भएको छ ?पालिकाले यस अभियानलाई कुन रुपले हेरका छन् ? 

उत्तर : उहाँहरुले आप्mना नागरीकलाई नेपाल रेडक्रस सोसाईटीको आव्हानमा आफनो नागरीकको लागी दिनु भएको रकम मात्र हामीले व्यवस्थापन गरेका हौँ । स्थानिय तहको निति तथा कार्यक्रमको बजेटमा ल्याउनु भयो र सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो । अहिले हामीसँग ७ वटा स्थानिय तहले सम्झौता गर्नुभएको छ।  

हामीलाइ पत्र प्राप्त भएको छ । बजेट प्राप्त गरेका छौँ । त्यसमा साझेदार गर्न तयार छौँ । तर केही स्थानिय तहमा कोभिडको कारणले समस्या भएकोले जिल्ला सभा सम्पन्न गरेर १३ वटै स्थानिय तहको प्रमुख व्यक्तित्वहरु यस कार्यक्रममा दत्तचित्त भएर लाग्नु भएको छ । रक्तदान अभियान कहिले गर्ने भनेर समन्वयन पनि गरीरहनु भएको छ। 

३. के को आधारमा धादिङका बिरामीले निशुल्क रुपमा रगत पाउँछन् ?

उत्तर: धादिङ जिल्लाको नागरीकता मात्र भएर भएन जो स्थायी रुपमा वसोवास गर्ने धादिङको नागरीक हुँ वा सम्बन्धित स्थानिय तहको नागरीक हुँ भन्ने परिचय दिलाउन पर्यो । वडाको सिफारीस, नागरीकता, मतदाता परिचय पत्र, विवाह दर्ता, सवारी चालक अनुमती पत्र, राहदानी या अन्य कुनै उहाँहरु स्थायी वासन्दिा हो भन्ने परिचय खुल्ने किसिमको कागजात आवश्यकता पर्दछ । बिरामी स्थायी वासिन्दा हो भन्ने परिचय पत्र खुल्ने सम्बन्धित रक्त संचार केन्द्रमा बुझाउन पर्यो।

धादिङमा पुर्ण निशुल्क भइसकेको छ।सम्बन्धित रक्त संचार केन्द्रका कर्मचारीलाई जानकारी नहुन पनि सक्छ। उहाँहरुले रसिद काट्न सक्नुहुन्छ । त्यसैले सम्पुर्ण नागरीकले पनि सचेत रुपमा लागेर सहयोग गर्नुपर्छ । नागरिक आफै सचेत हुनुपर्यो । नेपालको अन्यत्र जादा पैसा तिर्नु पर्यो । त्यो रकम दुई महिना भित्र पैसा तिरेको रसिदको फोटाकपी हामीलाई उपलब्ध गराइदिने र नजिकको नाता पर्ने व्यक्ति उपलब्ध हुनुभयो भने हामी धादिङ शाखाबाट पुन रकम उपलब्ध गराउछौ । त्यसरी हामीले उहाँहरुलाई पुर्ण निशुल्क रगत पाउने सुनिश्चतताको आधार तयार गरेका छौँ । 

४. एकजना बिरामीको लागि कति पिन्टसम्म रगत उपलब्ध गराउन सक्नुहुन्छ ? यस्को क्राइट एरिया के बनाउनु भएको छ ? 

उत्तर : उहाँलाई बचाउनको लागि, उहाँको जीवन बाँच्नको लागि जति आवश्यक पर्छ त्यो उपलब्ध गराउने प्रयास गर्छौँ । तर रक्त संचार केन्द्रमा रगत भए न पाइने हो । दैनिक रुपमा रक्त संचार केन्दमा रह्यो भने दैनिक ३०० देखि ४०० ब्लड मान्छेको माग आएको छ । हामीले त्यो आपुर्ति गर्नको लागि जम्मा गर्नुपर्यो ।हामीसँग कलेक्सनको दायरा कम छ । कलेक्सन कम हुने माग बढी हुने गर्दा माग र आपुर्तीको अनुपात नमिल्दा कहिलेकाँही विवाद पनि भएको छ ।

कोही पनि नेपाली नागरीकहरु जस्को नियमित रक्तदान गरेको अवधि तीन महिना पुगेको छ । जो स्वस्थ नागरीक हुनुहन्छ र १८ वर्ष पुग्नुभएको छ। उहाँहरुले तीन तीन महिनामा आफनो स्वस्थ रगत दान गरिदिन पर्यो। तपाइले दान गर्नु भयो भने मात्र पाइन्छ । कुनै बेला ब्लड बैँकमा नपाउन सकिन्छ।

त्यसकारण जसलाई रगत आवश्यक पर्छ तपाइले आफनो आफन्त, चिनेको साथीभाईलाई फलानो अस्पतालमा मेरो बिरामी छ भनेर सम्पर्क गर्ने गर्नुहोस् । हामीले पनि समय समयमा रक्तदान अभियान संचालन गरेका छौँ । तर यो अपुरो अधुरो छ भन्ने लाग्छ किनभने प्रयाप्त भएको छैन । त्यसैले जो स्वस्थ नागरीक हुनुहुन्छ रक्तदान अभियान सहभागि बन्नु हुन अनुरोध गर्दछु । 

५.विशेष गरी ग्रामिण समुदायमा, रगत दियो भने कमजोरी हुन्छ, पछि सम्म स्वस्थ नरहने होकि भन्ने आम मानिसमा छ । उहाँहरुलाई कसरी चेतना दिन सक्छौँ? 

उत्तर : रगत शेल हो । र यस शेलको आयु जम्मा तीन महिना हुन्छ । ९० दिनको शेल भइसकेपछि एकचोटि रगत दिएपछि त्यसमा फेरी बृद्धि हुन्छ । ९० दिन भएपछि ४ महिना भित्र पुरोनो शेल मर्ने र नयाँ शेल उत्पादन हुन्छ।

तपाईको शरीरमा मरेर जाने रगतलाई तीन महिनामा दिनुभयो भने अर्कोको जीवन बच्ने भयो ।एउटा व्यक्ति पुरुषको हकमा ७६ मिलि ग्रामको रगत हुन्छ। पुरुषको तुलनामा महिलाको हकमा कम हुन्छ ।७६ र ६६ मिलि ग्रामको छ । यदि तपाई स्वस्थ हुनुहुन्छ भने रगत दिदाँ कुनै असर गर्दैन। 

६. हामीले कतिपय निजी अस्पतालहरुले चर्को मुल्यमा रगत दिने गरेको भन्ने पनि सुनेका छौं, यस्तोमा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले सुरुवात गरेको निशुल्क रगत अभियानमा कतै अनियमितता त हुदैन ? यसबाट फाइदा लिने मनसायले त्यस्ता काममा उदृढ त हुँदैनन् ? के लाग्छ यहाँलाई ? 

उत्तर : अहिले बाहिर मिडियाहरुमा, संचार माध्यममा, आम नागरीकले पनि यो गुनासो आउने गरेका छन् । कही न कही यो फरक पनि छ। हामीले केन्द्रीय रक्तसंचार विभाग देखि नेपाल रेडक्रस सोसाईटीले चलाएका र सरकारी रक्त संचार केन्द्रहरुमा रक्त परिक्षण गरेवापत संचालन खर्च हामीले ४९५ देखि ११९५ सम्म हाम्रो लगानी पर्दो रहेछ।

धादिङले एक हजार लिने गरी प्रस्ताव सहित सम्झौता गरेका छौँ । तर केन्द्रले ११ सय भन्दा कममा नसकिने भनेर परिपत्र गरेको छ । एक पिन्ट रगतलाई व्यवस्थापन, सबै टेस्ट गरेर एउटा स्वस्थ व्यक्तिको रगत अर्को आवश्यक पर्ने व्यक्ति सम्म पुराउने खर्च ११ सय पर्छ भनेर निकालेका छौँ। त्यही बराबबरको रकम उपलब्ध गराउन पर्छ भन्ने हाम्रो मान्यता हो।

तर विभिन्न संचार माध्यमहरुमा आएको कुरा सुन्दा निजि अस्पतालको कुरामा आम नागरीक पनि चनाखो हुनुपर्यो । मलेखुमा टिचिङ अस्पतालमा खुलेर ब्लड बैँक संचालनमा छ । त्यहाँ पनि कुरा गरीसके धादिङका नागरीकलाई निशुल्क दिनुहोला कुनै पनि सेवाग्राहीसँग पैसा नलिनु हामी दिन्छौ भनिसकेको छु। विभिन्न निजि अस्पतालहरुलाई पनि लिएका शुल्कमा एकरुपता ल्याउने प्रयास नेपाल रेडक्रस सोसाईटी केन्द्रले र धादिङले पनि अनुरोध सबैलाई ग¥याछ हामी प्रयास गरीरहेका छौँ । 

७. यस्तो अभियान अरु जिल्लामा पनि छ कि धादिङमा मात्र हो ? 

उत्तर : धादिङले यो निशुल्क गर्नुपर्छ भनेर अभियान थाल्यो तर धेरै जिल्लाले गरिसक्यो । पूर्ण रुपमा जिल्ला भरी निशुल्क गर्ने ७७ जिल्लामा धादिङ पहिलो बन्दै छ भन्ने लागेको छ । स्थानीय तहसँग सम्झौता गर्ने धेरै निकायहरु छन् । नेपाल सरकारले लाग्ने खर्च व्यहोरोस् ।नेपाल अधिराज्य भरि कोही पनि नागरीकले कही गएर पैसा तिर्न नपरोस् ।

किनभने रक्तदान जिवनदान हो। अहिले बागमती प्रदेश, लुम्बीनीे प्रदेशले यो अभियान सुरु गरेको छ । लगभग सरकारी निकायमा पनि यो अभियान पुगेको छ । धादिङमा सबै स्थानिय तहको सहयोगमा संचालन हुँदैछ । 

८. यो व्यवस्थापनमा कस्ता खालका चुनौतिहरु छन् ? 

उत्तर : हामीले गर्न त खोज्यौ एकदमै गाह्रो हुने रहेछ । स्थानिय तहले पैसा हाल्दिएकोछ । उहाँहरु हाम्रो नागरीकलाई पुर्ण निशुल्क रगत भइसक्यो भनेर घोषणा गर्नुृभएको छ।हामीलाइ पैसा दिन्छु भन्नु भएको छ । हाम्रो ब्लड बैँकमा रगत हुँदैन । किनभने दान दिने रक्तदाताहरु स्वयम तीन तीन महिनामा रगतदान गर्ने अभियान संचालन नगरी सेवाग्राहीले नपाउने भयो । हाम्रो ब्लड बैँकमा रगत अभाव हुनु पहिलो चुनौति हामीलाइ परिसकेको छ ।

यो रगत अभावलाई आपुर्ति गर्न नसक्नु चुनौति छ । हामीले चुनौतिलाइ अवसरको रुपमा पनि लिनु पर्यो । अहिले हामीले केही योजनाहरु बनाएका छौँ । यस्ता चुनौतिहरुलाई निराकरण गर्नुपर्छ र कोहि पनि व्यक्ति रगतको अभावको कारणले मृत्यु हुन नपरोस् भन्ने ध्येयका साथ सबै स्थानिय तहहरुमा कम्तिमा २÷२ पटक रक्तदान गर्न उत्प्रेरण गर्ने, रक्तदाता नेगेटिभ ग्रुपहरु संचालन गर्दिने।

संजालहरुमा जोड्दिने । हामीले दिएको रगतबाट यो नै पुण्य काम हो भनेर गर्यौ भने अलि सहज होला भन्ने छ । स्थानिय तह हामीले निशुल्क दिएका छौ चाहियो भन्छ । हाम्रो ब्लड बैँकमा रगत हुन्न । सम्पुर्ण रक्तदाताहरुको यो महत्वपुर्ण योगदान हुन्छ । यहाँ पनि स्वयमसेवी रक्तदाता हुनुहुन्छ सम्पुर्ण स्वयमसेवी रक्तदाताहरुलाई यो अभियानमा संचालन गर्नको लागि लागिदिनुपर्छ । 

९.हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ,सम्पुर्ण जिल्लावासीहरुलाइ के सन्देश दिन चाहनुहुन्छ ? 

उत्तरः नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको तर्फबाट अनुरोध गर्न चाहन्छु । जहाँ कोही कसैलाइ कुनैपनि कारणले रगत आवश्यक पर्छ रगत आवश्यक पर्दा नेपालमा संचालन भएका कुनै पनि रक्त संचार केन्द्रहरुमा सम्पर्क गर्न सक्नुहुन्छ । धादिङमा नेपाल रेडक्रस सोसाइटीले धादिङ अस्पतालसँगै जोडिएको भवनमा रक्त संचार केन्द्रहरु स्थापना गरेको छ।

यहाँलाई रगत आवश्यक पर्दा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखामा पनि सम्पर्क गर्न सक्नुहुन्छ । स्वयम मलाई पनि सम्पर्क गर्न सक्नुहन्छ । रगतको अभावले कोही पनि मृत्यु वरण गर्न नपरोस् । नेपाल रेडक्रस सोसाइटी धादिङले संचालन गरेको अभियानमा आत्मसाथ गर्दै जुन स्थानीय तहहरु हाम्रो प्रस्तालाई जस्ताको तेस्तै स्वीकारेर रकम विनियोजन गरी यही वर्ष हामीलाई रकम उपलब्ध गराउनु भयो उहाँहरुलाइ हार्दिक आभार गर्न चाहन्छु।

बेनिघाट रोराङ गाउँपालिकाले सबै भन्दा धेरै १० लाख रुपैँया उपलब्ध गराउनुभयो।एउटा अनुदान रुपमा दिनुभएको छ हामी खेर जान दिदैनौँ । त्यसैगरी ज्वालामुखी गाउँपालिकाले ५ लाख, खनियाँबासले ४ लाख ४५ हजार, गजुरीले ५ लाख, त्रिपुरासुन्दरीले २ लाख ९७ हजार ५ सय ८० रुपैँया, गंगाजमुनाले ३ लाख उपलब्ध गराएको छ । त्यसैगरी नेत्रावती डबजोङ गाउँपालिकाले अहिले १ लाख संचालन खर्च दिने २ लाख फिक्स डिपोजिटमा दिने सम्झौता गरेको छ ।

रुवीभ्यालिले २ लाख, धुनिबेशी नगरपालिकाले ७ लाख विनियोजन गर्नुभएको छ । तर हाम्रो प्रस्ताव उहाँलाई ११ लाख रहेको छ १ लाख संचालन खर्च ३ लाख फिक्स डिपोजिटमा राखिने गरी ११ लाख भनेका छौँ । गल्छी गाउँपालिकालाई ९ लाखको प्रस्ताव गरेका छौँ । थाक्रेलाइ ९ लाख, नीलकण्ठ नगरपालिकालाई १४ लाख र सिद्धलेक गाउँपालिकालाई ८ लाख प्रसताव गरेका छौँ।

उहाँहरुको रकमलाई हामी पुर्ण रुपमा सदुपयोग गर्नेछौँ ।६/६ महिनामा उहाँहरु सँग बैठक बस्ने भनेका छौँ । त्यो बेलामा कति खर्च भयो, कतिजनाले रगत लिनु भयो विवरण बुझाउने छौँ । आम नागरीकहरुलाई पुर्ण निशुल्क अभियानमा सहभागी बन्न र सम्पुर्ण स्थानिय तहहरुलाई पनि आफना नागरीकहरुलाई हामीले रकम उपलब्ध गराएका छौँ रगतको लागि पैसा तिर्न पर्दैन हैभन्ने कुरा संचार गर्दिनको लागि स्थानिय तहका प्रमुख, सुचना अधिकारी, कर्मचारीहरु  र आम नागरीकहरुमा हार्दिक अनुरोध गर्न चाहन्छु, धन्यबाद।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्