एमाले निकट किसान महासङ धादिङको जिल्ला समिति गठन संयोजकमा : कमल बहादुर गुरुङ

धादिङ,०७ भाद्र।
नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ धादिङको जिल्ला कार्यसमिति गठन भएको छ।
सोमबार धादिङबेशीमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलाले कमल बहादुर गुरुङको संयोजकत्वमा ८५ सदस्यीय रहने गरी जिल्ला कार्यसमिति गठन गरेको हो।
कमिटीको सह संयोजकमा विष्णुहरी लम्साल,सचिवमा रमेश नेपाल,सह सचिवमा होम कुमारी गुरुङ चयन हुनुभएको छन्।

यस्तै उक्त भेलाले संघीय निर्वाचन क्षेत्र कमिटि र प्रदेश निर्वाचन क्षेत्र कमिटि समेत गठन गरिएको छ।जसमा संघीय निर्वाचन क्षेत्र नं १ को कमिटि संयोजक नेतानन्द थपलिया रहनु भएको छ भने सचिवमा मनोज थापा रहनुभएको छ। यस्तै संघीय निर्वाचन क्षेत्र नं २ को संयोजक कलादेवी खनाल रहनुभएको छ भने सचिवमा गोपाल तामाङ रहनुभएको छ। 

त्यसैगरि भेलाले क्षेत्र नम्बर १ को प्रदेश क मा रामजी आचार्य, ख मा बद्री इटनी, क्षेत्र नम्बर २ को क मा काशीनाथ लम्साल र ख मा कृष्णबहादुर तामाङलाई संयोजक तोकेको छ । 

कार्यकर्ता भेलालाई प्रदेश सांसद एवं पूर्व सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारी, अखिल नेपाल किसान महासंघका बागमति प्रदेशका अध्यक्ष सुरेन्द्र मोहन शर्मा, नेकपा एमाले धादिङका प्रेमनाथ सिलवाल, नेकपा एमालेका गोकर्ण रुपाखेती, अनेमसंघका गंगादेबी श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो।अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य मन्दिरा श्रेष्ठको अध्यक्षतामा भएको भेलामा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा.प्रेम द्ङालको प्रमुख आतिथ्य रहेको थियो।मदन आश्रित भवनमा सम्पन्न किसानहरुको जिल्ला स्तरिय कार्यकर्ता भेलामा जिल्लाभरका अगुवा किसानहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो। 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्