बैंकहरुको कर्जाको माग ह्वातै बढ्यो

पछिल्लो समय बैंकिङ्ग कर्जाको माग ह्वातै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार अघिल्लो महिनाको तुलनामा यो महिनाको पहिलो हप्ता नै वाणिज्य बैंकहरुको कर्जा मागमा १४ अर्बले बढेको हो । 

गत साउन ३२ गतेसम्म २७ वाणिज्य बैंकहरुले कुल ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेकामा भदौ ४ गतेसम्म बैंकहरुको कर्जा लगानी बढेर ३७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको हो । जुन गत महिनाको भन्दा १४ अर्बले बढी हो । 

यता कर्जाको माग बढिरहँदा उता बैंकहरुको निक्षेप संकलनमा भने अपेक्षित सुधार आउन सकेको छैन । उल्टो समीक्षा अवधिमा बैंकहरुको निक्षेप ६ अर्बले घट्न पुगेको बैंकर्स संघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्