गैरआवासीय नेपाली संघको कोषाध्यक्षमा लोक दाहालको उम्मेदवारी

गैरआवासीय नेपाली संघ(एनआरएनए)का सह–कोषाध्यक्ष, समाजसेवी तथा सफल व्यावसायी लोक प्रसाद दाहालले आसन्न(एनआरएनए)को निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

आर्थिक पारदर्शिता, कोषको अभिवृद्धी, सम्पत्तिको सुरक्षा तथा लगानी प्रबद्र्धनको लागि भन्दै आफुले कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।सन् २०२१–२०२३ सम्मको कार्यकालका लागि आफुले उम्मेद्वारी दिने र गैरआवासीय नेपाली संघलाई थप मजबुत र सबै अटाउने संघ बनाउने घोषणा गर्नुभएको हो।

गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउनको लागि आफुले पहलगर्ने र संघ भित्र देखीएको समस्यालाई निराकरण गरी चुस्त र दुरुस्त बनाउने आफ्नो पहिलो काम हुने दाहालले बताउनुभएको छ ।आगामी अक्टोबर २३ देखी २५ सम्म काठमाण्डौमा हुने संघको दशौँ अधिवेशनमा आफुलाई सहयोग गर्नको लागिपनि सम्पुर्ण गैरआवासी नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

सह कोषाध्यक्ष हुँदा धेरै सिकाईहरु भएको भन्दै अब कोषाध्यक्ष हुदा ती सिकाईहरुलाई कार्यन्वयन गरी (एनआरएनए)लाई थप व्यवस्थित र मजबुत बनाउने बताउनु भएको छ ।आफुले अहिले पनि सकेको जति सुधार ल्याउन कोशिस गरेको भन्दै दाहालले आफु कोषाध्यक्षमा निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने संस्था बनाउने बताउनुभएको छ ।

आफुले छिट्टै प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भन्दै उहाँले गैरआवासीय नेपाली संघलाई थप उचाईमा पु¥याउन भुमिका खेल्ने समेत बताउनु भएको छ । गैर आवासीय नेपाली संघको सुदृढीकरण, शुद्धीकरण, आर्थिक पारदर्शिता, बैदेशिक लगानी भित्राउने, विदेशमा सिकेको सिप र श्रमलाई सहि प्रयोग गर्नको लागि आफुले पहल गर्ने समेत बताउनुभयो ।

बेल्जियममा रेष्टुरेन्ट व्यबसाय गर्दै आउनुभएका दाहालले नेपालमा हाईड्रो पावर, अस्पताल, युरोपियन वाईन वियर, सेयर मार्केटमा लगानी गरेका छन् भने साथमा परोपकारी कामहरु पनि गर्दै आइरहनुभएको छ।धादिङमा जन्मिएर विगत २३ बर्षदेखी बेल्जियमा बस्दै आउनुभएका व्यावसायी तथा समाजसेवी दाहालले मातृभुमिमा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्दै आईरहनुभएको छ । 

कोभिडको बेलामा लोक दाहालले गर्नुभएको सहयोग 

सफल व्यावसायी तथा समाजसेवी लोक प्रसाद दाहालले कोभिड १९ कोरोना भाईरसको महामारीको समयमा नेपालमा सहयोग गर्नुभएको छ । 

१.कुश्मा अस्पताललाई ४८बेड सहित स्वास्थ्य सामाग्री सहयोग । 

२.एनआरएन केन्द्रको कोभिड १९ राहत समितिमा नगद १ लाख नेपाली रुपैया सहयोग।

३.अन्तराष्ट्रिय धादिङ समाजलाई स्वास्थ्य सामाग्री खरिदको लागि नगद ५० हजार सहयोग। 

४.मास्कको अभावको समयमा चीनबाट खरिद गरी युरोप भरीका नेपालीहरुलाई निशुल्क मास्क वितरण।

 ५.कोभिडको कारण गरिबिको रेखामुनी रहेका बालबालिकाहरुको लागि नगद १ लाख ३८ हजार सहयोग। 

६.कोभिडको समयमा आर्थिक अभावको कारण समस्या परेकाहरुलाई खाद्यान्न सहयोग। 

७.यसअघि धादिङमा दुई वटा सामुदायिक विद्यालयको भवन निर्माण,पानी ट्याङकी निमार्ण, पाईप वितरण, मठ मन्दिर निर्माण, खाद्यान्न सहयोग लगायत १ करोड ७० लाखभन्दा बढी सहयोग गर्नुभएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्