सन्दीप लामिछाने ओडीआई वरीयतामा समावेश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा समावेश भएका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा सन्दीप बलरतर्फ ९१ औं स्थानमा स्थानमा छन् । सन्दीप एकदिवसीयतर्फको वरीयतामा शीर्ष १०० भित्र समावेश हुने पहिलो नेपाली खेलाडी बनेका छन् ।

सन्दीपले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध खेल्दै ओडीआईमा डेब्यु गरेका थिए । त्यसयता उनले नेपालले खेलेको सबै १४ खेल खेलेका छन् । सन्दीपले नेपालबाट ओडीआईमा सर्वाधिक ३५ विकेट लिएका छन् ।

क्रिकेट विश्वकप लिग २ खेल्न ओमानमा रहेका सन्दीपले पेटको समस्याका कारण ओमानविरुद्ध मंगलबार भएको खेलमा बलिङ गरेनन् ।

सन्दीपले विश्वकप लिग २ अघि ओमानमा खेलेको पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिलो  एकदिवसीय खेलमा ४ र दोस्रो खेलमा ६ विकेट लिएका थिए । यस्तै विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्धको पहिलो खेलमा उनले २ विकेट लिएका थिए ।

सन्दीप टी–२० अन्तर्राष्ट्रिय वरीयतामा बलिङतर्फ भने ८१औं स्थानमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्